गायक सज्जन बोहोराको पार्वतीले चर्चा बटुल्दै

म्याग्दी । लोकप्रीय लोक तथा दोहोरी गायक सज्जन बोहोराको नयाँ लोक दोहोरी गीत पार्वती सार्वजनिक भएको छ । गायक बोहोरा र चर्चित गायीका शान्तिश्री परियारको आवाजमा रहेको गीतले दर्शक श्रोताको मन जित्दै गएको छ ।

गीतमा चर्चित लोक दोहोरी गायक प्रकाश दुतराजको लय र गायक बसन्त विश्वकर्माको शव्द सृजना रहेको छ । भने गायक बोहोराको आफ्नै युटुव च्यानलबाट गीत सार्वजनिक भएको हो ।

एचविएन किस्मतले एरेन्ज गर्नुभएको गीतको अडियो वन डिविएचडि स्टुडियोमा रेकर्ड भएको हो । गीतको म्युजिक भिडियोमा गायक बोहोरा र जुना सुन्दासको आकर्षक अभिनय रहेको छ । मौसम हिमालीले निर्देशन गर्नुभएको भिडियो अनिले के मानन्धरले खिच्नुभएको हो ।

म्याग्दीको बेनी नगरपालिका ६ घरभई हाल अमेरिकामा रहनुभएका गायक बोहोराले छुट्टीमा नेपाल आएको बेला सो गीत रेकर्ड तथा भिडियो निर्माण गर्नुभएको थियो । कित हाम्रो चिनजान छैनार, तिम्रो नाम पार्वती हैनार सिरैमा शिरवन्दी भैछौ चिटिक्कै, गीतका टुक्काहरुले टिकटकमा समेत चर्चा बटुल्दै गएका छन ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=_T9uD7byN7Y&pp=ygUWc2FqamFuIGJvaG9yYSBuZXcgc29uZw%3D%3D

गीतको भिडियोमा बाल्यकालका सम्झना गरिएको छ । मौलिकता झल्काउने गरि ग्रामिण परिवेशमा छायाँकन गरिएको भिडियोमा बाल्यअवस्थामा कवड्डी, लुकामारी लगायत खेलिएको दृश्यहरु समेटिएको छ ।

लामो समयदेखि लोक गीत संगीतको क्षेत्रमा सक्रिय रहनुभएका गायक बोहोराले विदेशमा रहदाको समय झनै नेपाल र यहाँका लोक संस्कृति प्रतिको माया बढेर गएको बताउनुभयो । “म अमेरिका छु तर नेपाली गीत संगीतलाई माया मार्न सक्दिन, म निरन्तर गीतहरु प्रस्तुत गरिहनेछु” गायक बोहोराले भन्नुभयो ।

गायक बोहोराले बोली मात्रै सुन्छु, माया प्रीति ठुलो, ३३ किलो सुन, तिनपाने, खरको पालिमा, मालिका धुरी सालैजो, लगायतका गीतहरु सार्वजनिक गरिसक्नुभएको छ । भने टिकटक, बैँश लगायतका दर्जन बढि गीतहरुमा मोडलिङ पनि गरिसक्नुभएको छ ।

You can share this post!

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम

म्याग्दीमा सेन्देशमुलक गीत गाउँदै रेडक्रस दिवस मनाईयो

Related posts