प्रतिष्ठान केन्द्रको दोस्रो पूर्ण वैठक तथा प्रशिक्षण कास्कीको ताङतिङमा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिको दोस्रो पूर्ण वैठक कास्कीको पर्यटकीय गाउँ ताङतिङमा हुने भएको छ ।

आज र भोली गरि दुई दिन सम्म संचालन हुने उक्त वैठकमा सहभागी हुन प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रिता थापा सहितको केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरु  शुक्रबार विहान पोखरा आएका हुन ।

केन्द्रिय समितिलाई प्रतिष्ठान गण्डकी प्रदेशले पोखरामा स्वागत गरेको छ । प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्कीले उहाँहरुलाई स्वागत गर्नुभएको हो ।

विभिन्न प्रदेशमा घुम्ति वैठक संचालन गर्ने केन्द्रिय समितिको योजना अनुसार पहिलो पटक कास्की जिल्ला मादी गाउँपालिका २ ताङतिङमा वैठक संचालन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

ताङतिङ गाउँ कास्की जिल्लाको आकर्षक पर्यटकीय गाउँको रुपमा परिचित रहेको छ । चिटिक्क मिलेका घरहरु, सफा र सुन्दर वातावारणले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाउने गर्दछ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर प्रतिष्ठान केन्द्रले घुम्ती बैठक आयोजना गर्न लागेकोमा पहिलो पटकनै पोखराले स्वागत गर्न पाएकोमा खुसि व्यक्त गर्दै प्रतिष्ठान गण्डकीका अध्यक्ष कार्कीले त्यहाँ होमस्टेको वसाई र लोकल खानाका परिकारहरुको व्यवस्थापन गरिएको बताउनुभयो ।

प्रतिष्ठान केन्द्रिय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको टोली पोखराबाट ताङतिङ गाउँतर्फ प्रस्थान गरेको छ । वैठकै अवसरमा संस्थागत प्रशिक्षण समेत आयोजना गरिएकाले प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सल्लाहकारहरुको पनि सहभागिता रहेको छ ।

You can share this post!

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

उत्कृष्ट लोगोले पाएको पुरस्कार बौद्धिक अपाङ्ग र बहिरा विद्यार्थीलाई सहयोग

Related posts