म्याग्दीको मंगला गाउँपालिका गण्डकी प्रदेशमा कोरोना व्यवस्थापनमा उत्कृष्ट

म्याग्दीको मंगला गाउँपालिका कोरोना महामारीको व्यवस्थापनमा गण्डकी प्रदेशमै उत्कृष्ट पालिकामो सूचीमा परेको छ । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक–एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा म्याग्दीको ६ वटामा मंगला गाउँपालिका उत्कृष्ट भएको हो । कोरोना रोकथाम तथा ब्यवस्थापनमा मंगलाले जिल्लामा फरक र वडास्तरमा विभिन्न रचनात्मक कार्य गरेको थियो । कोरोनाको जोखिम रोक्न सरकारले गरेको लकडाउनमा चैत्र महिनामा लकडाउन सुरु भएलगत्तै दिर्घरोगीलाई औषधी ढुवानी, वडास्तरमै पुगेर सचेतनामुलक कार्य, समुदायस्तरमा स्वयंमसेवक परिचालन, छिमेकी जिल्लासँग जोडिएका नाकामा प्रहरी सहितको टोली परिचालनका साथै विदेशबाट आएकाको विवरण संकलनको कार्य सुरु गरेको गाउँपालिकाको कार्यलाई अन्य स्थानीय तहले समेत सिको गरेका थिए ।
गण्डकी प्रदेश सरकारले जिल्लाबाट मगाएको विवरण र कार्यसम्पादनको आधारमा भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि कोरोनाको समयमा गरेका बिभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उत्कृष्ट व्यवस्थापन गर्नेमा छिमेकी पर्वतको जलजला गाउँपालिका समेत रहेको छ । कोरोनाको महामारीको समयमा सङ्क्रमितको उपचार, क्वारेन्टाइन व्यवस्थापन, तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकको आधारमा उनीहरूको मूल्याङ्कन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरूले गरेका थिए । यता गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कोरोना रोकथाम तथा ब्यवस्थापनमा गरिएको प्रयासले उत्कृष्ट स्थान हात पारेकोमा सम्पूणपालिका बासीलाई धन्यवाद दिएका छन् । ‘यो सबैको सक्रियताबाट सम्भव भएको,‘अझै पनि जोखिम कायमै छ, हामी सचेत भएर कोरोना रोकथाममा लाग्छौ’ अध्यक्ष रोकाले भने । कोरोना रोकथाममा अध्यक्ष रोका नै घरदैलो अभियानमा सक्रिय थिए ।

You can share this post!

बेनीमा बत्ती नभएर अफ भएको मेरो चिन्ता नमान्नु

बेनी नगरपालिकाको रत्नेचौर–उपल्लाचौर कालोपत्रे सुरू

Related posts