म्याग्दी । गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दी जिल्लाबाट सहभागी ममता गर्वुजाले प्रथम स्थान हासिल गर्नु भएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा आइतवार पोखरामा सम्पन्न भएको ७३ केजि भन्दा माथिको तौल समुहको फाइनल खेलमा तनहुँलाई पराजित गर्दै गर्वुजाले उपाधी चुम्नुभएको हो ।
नौ महिनाको बच्चा बोकेर प्रतियोगितामा सहभागि हुन जानु भएकी गर्वुजाले सुरुदेखिनै उत्कृष्ट खेल प्रदशन गर्नुभएको थियो ।
नौ महिनाको छोरा साथमै लिएर खेल्न गएकी श्रीमतिको सफलतामा गर्वुजाकी श्रीमान राजकुमार परियार निकै खुसि हुनुहुनुभएको छ ।
म पनि खेलाडि भएकाले तेक्वान्दो खेल खेल्न कति गाह्रो हुन्छ भन्ने अनुभव छ, परियारले भन्नुभयो, “नौ महिनाको बच्चा साथमा, सुत्केरी हुँदा अप्रेसन गरेको शरिर, ममताले हिम्मत गरि खेल खेलेर जित हासिल गर्दा मेरो त हर्षले आसुनै खस्यो” ।
खेलकुद देखि टाढा रहन नसक्ने र आफ्नो जीवन साथीको दरिलो साथले गर्दा पनि बच्चा बोकेर प्रतियोगितामा सहभागी हुन गएको गवुर्जाले बताउनुभयो ।