गुर्जामा उच्च घनत्वको स्याउ फल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुई वर्षअघि गुर्जामा रोपिएका थिए ।

गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिनुभयो । ‘परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो,’ उहाँले भन्नुभयो, ‘सबै बोटमा फल लागेको छ ।’

गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार सात सय मिटर छ । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले बाँझो जमिनको झाडी फाँडेर घेराबार गरी स्याउको बगैँचा बनाएको थियो ।

नाइलीबाङमा २६ कृषकले करिब २० रोपनी जग्गामा स्याउखेती गरेका हुन् । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउखेती गरिएको थियो । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा आर्थिक वर्ष २०७८÷७९ मा सात सय उच्च घनत्वको स्याउको कलमी बिरुवा लगाइएको थियो ।

You can share this post!

नेपाली क्रिकेट टीमसँग प्रधानमन्त्रीको भर्चुअल बैठक, पाकिस्तानमाथि जितको शुभकामना

बाग्लुङमा एघार वर्षपछि चार पाङग्रे सवारी चालक लाइसेन्सको आवेदन खुुल्यो

Related posts