म्याग्दी बहुमुखि क्याम्पसमा आत्महत्या रोकथाम सम्वन्धि प्रशिक्षण

म्याग्दी । बेनी नगरपालिका वडा नम्वर ८ मा अवस्थित म्याग्दी बहुमुखि क्याम्पसमा आत्महत्या रोकथाम तथा न्युनिकरण सम्वन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको सहकार्यमा उक्त कार्यक्रमको सम्पन्न भएको हो ।

प्रत्यके वर्ष सेप्टेम्वर १० का दिन मनाईदै आएको विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा यस वर्ष ‘आशा बढाऔँ, आत्महत्या रोकौँ’ भन्ने नारा सहित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजमा विद्यमान अवस्थामा रहेको आत्महत्यालाई न्यूनिकरण गर्नका लागी प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले आत्महत्या रोकथाम तथा न्युनिकरणका लागि गाउँबस्ती तथा टोलहरुका सचेतनामुलक कार्यक्रमहरु नियमित रुपमा संचालन गर्न आवश्यक रहेको बताउनुभयो । साथै प्रजिअ पौडेले कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई लक्षित गरि जीवन उपयोगी सन्देशहरु समेत व्यक्त गर्नुभएको थियो ।

बेनी अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. अनुशा मानन्धरले तनाव व्यवस्थापन तथा आत्महत्या संग सम्वन्धित मनोपरामर्श प्रदान गर्नुभएको थियो भने प्रहरी सहायक निरिक्षक कृष्ण विश्वकर्माद्वारा आत्महत्या रोकथाप तथा न्युनिकरण सम्वन्धी प्रशिक्षण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक मदन कुँवरद्वारा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्वन्धी साप्ताहित कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापा, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुरातीले स्वस्थ जिवन जिउने कला सहितको प्रेरणा युक्त प्रशिक्षण दिनुभएको थियो ।


म्याग्दी बहुमुखि क्याम्पस प्रमुख गोरख बहादुर जिसीको अध्यक्षता र प्रहरी सहायक निरिक्षक विश्वकर्माको संचालनमा सम्पन्न भएको कार्याक्रममा करिव २२५ जना विद्यार्थी तथा सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा २५० थान सचेतना मुलक पर्चा समेत वितरण गरिएको छ ।

सामाजिक विकास कार्यालय म्याग्दी, बेनी अस्पताल म्याग्दी र द्वन्द्व पीडित महिला राष्ट्रिय संजाल म्याग्दी संगको समन्वय तथा सहकार्यमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले मिति भदौ १७ गते देखी २५ गते सम्म आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी साप्ताहिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको कार्य योजना बनाई विभिन्न कार्यक्रमहरु संचलान गरेको छ ।

साप्ताहिक कार्यक्रम अनुसार जिल्लाको विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, आमा समुह, क्लव, तथा अन्य संघ संस्थाको सहभागितामा आत्महत्या न्युनिकरण सम्वन्धी प्रशिक्षण तथा सचेतनामुलक कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

You can share this post!

दोस्रो दोभान कप, अन्तर विद्यालय छात्रा फुटबलको उपाधि जनप्रीय मावि दरबाङलाई

भलिबल प्रशिक्षक बानियाँले बेलायतमा ३ क्लबलाई प्रशिक्षण दिए

Related posts