पहिरोमा पुरिएर रुममा एकजनाको मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका –२ रुममा पहिरोले पुरिएर सोमबार एकजनाको ज्यान गएको छ ।

गोठका गाईवस्तुलाई घाँस दिएर घर फर्कने क्रममा रुम बेली जोड्ने जेमखोला नजिकै खसेको पहिरोमा पुरिएर बाटोमा हिडिरहेका मालिका–२ बेली फुल्वाङ गाउँका ४८ वर्षीय तिर्थबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष उदय बुढाथोकीले बताउनुभयो ।

‘बिहान पौने ८ बजेतिर हिँडिरहेको अवस्थामा पहिरो खसेर पुरिएको खबर पाएपछि तत्कालै घटनास्थलमा पुगिया’े, वडा अध्यक्ष बुढाथोकीले भन्नुभयो, “डोजर परिचालन गरेर पहिरोबाट शव निकालिएको छ” ।

You can share this post!

पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६ औं साधारणसभा

बेनीमा पशुपालक कृषकहरुलाई तालिम

Related posts