म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्तुगलको अध्यक्षमा नर प्रसाद फगामी चयन हुनुभएको छ । मोना पोर्तुगलको आइतवार सम्पन्न आठौ अधिवेशनबाट मंगला गाउँपालिका ५ अर्मन किमचौरका फगामीको अध्यक्षता नयाँ कार्य समिति चयन भएको हो ।
नवनिर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विकास सुवेदी, उपाध्यक्षमा रमेश पुन, होम बहादुर छन्त्याल, सन्देश पुन, महिला उपाध्यक्षमा टिका गर्वुजा, महासचिवमा तेजिन्द्र छन्त्याल, सचिवमा लोक घर्ति मगर मोहन बानियाँ चहन भएको छन ।
कार्य समितिको कोषाध्यक्षमा कल्पना जुग्जाली, सह कोषाध्यक्षमा उत्तम थकाली, युवा संयोजक भविन पुन, खेलकुद संयोजक इन्द्र रोका, सहसंयोजक निराकर मल्ल, सांस्कृतिक संयोजक नरेन छन्त्याल, सांस्कृतिक महिला संयोजक सिमा पुन रहेका छन ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा भिम प्रसाद रोका, कुजन पुन, राजुमान गर्जुजा, निलकुमारी फगामी, दिशान्त थापा, रमेश छन्त्याल, प्रवेश पुन, धन बहादुर मल्ल, हर्क गुरुङ, कविन पाईजा, केमसरा जुग्जाली, मनोज थापा मगर रहेका छन ।
मोना पोर्तुगलको संरक्षकमा रविन पुन, सल्लाहकारहरुमा वकिल केसी, राजिन भण्डारी, धन थापा रहेको महासचिव तेजिन्द्र छन्त्यालले बताउनुभयो ।
अधिवेशनको उद्घाटन गर्दै पोर्तुगलमा अवैतनिक वाणिज्यदुत मकर बहादुर हमालले नेपाली संघसंस्थामार्फत धेरै रचनात्मक कार्यहरु भएको बताउनुभयो ।
त्यस्तै मोना अन्तराष्ट्रियका निर्वतमान वरिष्ठ उपाध्यक्ष मिम पुर्जाले प्रवासमा रहेका म्याग्देलीहरुलाई एकजुट बनाएर समृद्ध म्याग्दीको अभियानमा लाग्ने बताउनुभयो ।
अधिवेशनमा मेरो डान्स युनिभर्सकी उपविजेता देवि गर्वुजा मगरको प्रस्तुतीसंगै उहाँलाई सम्मान गरिएको थियो भने कलाकार पानु रोका, अर्जुन सोनाम, सुवास पुन, मेखु घर्ती लगायतले सांगीतिक प्रस्तुती समेत दिएका थिए ।
यसैविच नवनिर्वाचित अध्यक्ष फगामीले पोर्तुगलमा रहेका म्याग्देलीलाई मोनाको अभियानमा जोडिन अनुरोध गर्दै संस्थामार्फत हुने सवै सहयोग गर्ने बताउनुभयो । कार्यक्रम मोना पोर्तुगलका अध्यक्ष रविन पुनको अध्यक्षता र महासचिव दिपु फगामीको संचालनमा सम्पन्न भएको थियो ।