म्याग्दीको मंगला गाउँपालिका २ सल्यान घर भई हाल युकेमा रहेका गायक सफल जिसीको हिपअप ¥याप गीत ‘पुगेन’ सार्वजनिक भएको छ ।
युवा पुस्तामाझ लोकप्रीय रहेको हिपअप गीतमा जिसीको आवाज रहेको छ भने गीत सृजना पनि गायक जिसीले नै गर्नुभएको हो ।
युके मै छायाँकन गरिएको गीतको म्युजिक भिडियोमा गायक जिसी सहितका युवाहरुले अभिनय गरेका छन । ‘थोरैले मलाई पुग्दैन, चाहिन्छ अलि बढि बढि, समय किन्न मिल्ने भए किन्ने थिएन मैले घडि’ गीतका शव्दहरुले युवा अवस्थाको जीवनलाई चित्रण गरेको देखिन्छ ।
म्युजिक भिडियो
https://www.youtube.com/watch?v=iLGEYD1RWs4
आफ्नो सानै देखिको रहर संगीतमा रहेकाले पहिलो गीत ‘पुगेन’ युकेमै रेकर्ड तथा छायाँकन गरेर सार्वजनिक गरेको गायक जिसीले बताउनुभयो । उहाँलाई संगीतमा लाग्नका लागि बाबा गोविन्द जिसीले पनि प्रेरित गर्नुभएको छ ।
घरपरिवारको पनि राम्रो साथ मिलेको छ, युवाहरुको समस्या र उनिहरुलाई सत्मार्गमा लाग्न अभिप्रेरित हुने खालका गीतहरु प्रकाशन गर्ने योजना बनाएको छु, गायक जिसीले भन्नुभयो ।