एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी, पार्टीलाई जनमुखी बनाउने प्रतिवद्धता

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमालेको गण्डकी प्रदेश कमिटी अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । विहिबार प्रदेश राजधानी पोखरामा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट म्याग्दीको मालिका गाउँपालिका ७ विमका शर्मा भारी मतका साथ विजयी हुनुभएको हो ।
शर्माको प्यानलबाटै उपाध्यक्षमा स्याङ्जाका मीनबहादुर गुरूङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर विक निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा विजयी शर्माले ५ सय ३१ मत ल्याउदा उहाँको प्रतिद्वन्दी लम्जुङका मायानाथ अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै म्याग्दी जिल्लाबाट प्रदेश कमिटी सदस्यमा खरमाया विटालु, सृजना केसी, खुम बहादुर बानियाँ निर्वाचनबाट विजयी बन्नुभएको छ । भने हरिकृष्ण श्रेष्ठ, मुना बानियाँ, पुष्कर विक, किरण सापकोटा, हरिमाया पुन निर्विरोध निर्वाचित हुनुभएको थियो । विहिबार भएको मतदानमा ९ सय ७ प्रतिनिधि मध्य ८ सय ९६ मत खसेको थियो । १६२ पदका लागि ३ सय ८२ जनाले उम्मेदवारी दिएका थिए ।

विजयीपछि अध्यक्ष शर्माले पार्टी भित्रको गुट उपगुटमा आफु नलागेको बताउनुभयो । पार्टी इन्चार्जहरुले दिएको जिम्मेवारी पुरा गरेको बताउदै शर्माले पार्टीलाई प्रदेशका ११ वटा जिल्लामा बलियो बनाउन लागि पर्ने बताउनुभयो । निष्ठाको राजनीति गरि जनताप्रति उत्तरदायी रहने प्रतिज्ञा गर्दै अध्यक्ष शर्माले नेताले ईमान र निष्ठापूर्वक गरेको कार्यलेनै पार्टी जनमुखी बन्न सक्ने विचार व्यक्त गर्नुभयो ।

सरल जीवनशैली र प्रष्ट विचार व्यक्त गर्ने शर्मा राजनैतिक क्षेत्रमा २०४० को दशकदेखिनै सक्रिय हुनुहुन्छ । २०४२ देखि २०५४ साल सम्म अनेरास्ववियुको जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य, र कोषाध्यक्ष सम्मको पदिय जिम्मेवारीमा रहनुभएको थियो । पञ्चायत विरुद्धको भूमिगत अवस्था र विद्यार्थी राजनीतिबाट निखारिदै आउनुभएका शर्मा २०५४ सालमा जिल्ला विकास समिति म्याग्दीको सभापति हुनुभएको थियो ।

उहाँ २०४५ सालमा नेकपा मालेको जिल्ला संगठन कमिटीको सदस्य बन्नुभएको थियो । शर्माले धवलागिरी अञ्चलका म्याग्दी, मस्ताङ र बागलुङ जिल्लामा पूर्णकालिन कार्यकर्ताका रुपमा लामो समय सक्रियताका साथ जिम्मेवारी सम्हाल्नुभएको थियो ।

राजनीतिमा विभिन्न उतारचढावहरु झेल्दै शर्माले २०७० सालको संविधानसभा निर्वाचनमा म्याग्दीबाट निर्वाचित हुनुभएको थियो ।
निस्वार्थ, ईमान्दार, विचार र सिद्धान्तमा अडिक, पार्टीको अविचलित योद्धाको रुपमा परिचित नेता शर्माले भोट गरि विजयी गराईदिन सम्पुर्ण प्रतिनिधिहरुलाई अपिल समेत गर्नुभएको छ ।

 

 

You can share this post!

नेताको फेरिएको दैनिकीः ‘राजनीति संगसंगै आरन पेसामा सक्रिय’

माओवादी अभियान अन्तरगत सिंगा तातोपानीमा श्रमदान

Related posts