इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा भोलि राष्ट्रिय शोक घोषणा, परिवारलाई १० लाख राहत दिइने

काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।

बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन कूटनीतिक पहल गर्ने निर्णय पनि गरेको छ ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।nepalpress

You can share this post!

पर्यटकीयस्थल सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना

म्याग्दीमा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिने

Related posts