नक्कु र ताराको बेग गाउँको पहिचान झल्किने शिरफुल भाका सार्वजनिक

म्याग्दी । बेगको गाउँ, रमाईलो ठाउँ धुपी रुख अल्को छ, प्रवासको बसाई, स्वदेशको माया बेग गाउँकै झल्को छ, गाउँ तल तुसारे वन, बेग गाउँमै बस्नलाई छ मन ।

गीतमा उल्लेखित शव्दहरु हो नक्कु पूर्जा र तारा पूर्जाको स्वरमा हालै सार्वजनिक भएको बेग गाउको शिरफुल माया बोलको गीतमा समावेश भएको ।

ऐतिहाँसिक, धार्मिक र पर्यटकीय सम्भावन बोकेको म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग गाउँको पहिचान र प्रचार गर्ने हेतुले नक्कु पुर्जा र तारा पुर्जाको शिरफुल भाका म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

रोजगारीको शिलशिलामा बेलायत पुगेर पनि आफ्नो जन्मस्थान बेगमा पूर्वाधार निर्माण तथा स्थानिय कला र संस्कृतिको संरक्षणमा लाग्नु भएका नक्कु पुर्जा र तारा पुर्जाले आफ्नो लगानीमा जन्मस्थानको पहिचान गराउनुका साथै मौलीक संस्कृतिको जगेर्नाका लागि उक्त भिडियो सार्वजनिक गर्नु भएको हो ।

https://www.youtube.com/watch?v=luWRYd2bt4U

वाध्यताले प्रदेशको बसाई गर्नुपरेपनि आफ्नो जन्म गाउँठाउँको माया सधैभरि लागिरहने भाव गीतमा व्यक्त गरिएको छ । बेग गाउँकै परिवेशमा सृजना गरिएका शव्दहरुले प्रदेशमा रहेका बेगबासीहलाई आफ्नो जन्म ठाउँप्रतिको माया र सम्झना झन बढाउन सहयोग पुग्ने सर्जक नक्कु पूजाले बताउनुभयो ।

उक्त गितको म्युजिक भिडियो नक्कु पुर्जाको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गगन पुन र लाली बुढाथोकीको स्वर रहेको उक्त गितको लय तथा शब्द संयोजन नक्कु पुर्जा र तारा पुर्जाले गर्नुभएको छ । एरेन्ज एलबि पुनको रहेको उक्त गितको रेकर्डीङ पुन डिजिटल लामाचौर पोखरामा भएको हो ।

नगेन पुर्जा, पुष्पा पुर्जा, नक्कु पुर्जा तथा मैना फगामीको अभिनय रहेको म्युजिक भिडियोमा मौलिक लोक भाकाका साथै भेषभुषा हेर्न पाइन्छ । छवि मगरले सम्पादन गर्नु भएको उक्त भिडियोको निर्देशन मौसम पाइजाले गर्नुभएको थियो भने छायांकन कमल पुनले गर्नुभएको हो ।

You can share this post!

एनआरएनएको निर्वाचनमा रविना बलियो

बेनी नगरले भत्काउन थाल्यो अतिक्रमित तथा अव्यवस्थित संरचना

Related posts