म्याग्दी । प्रवासी म्याग्देलीको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि भन्ने मुल उद्देश्यका साथ स्थापित म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन बेनीमा सुरु भएको छ ।
बेनीको खुल्लामञ्चमा आयोजित महाधिवेशनको शुक्रबार प्रतिनिधिसभा सदस्य खम्विर गर्वुजाले उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा सहभागीहुन विभिन्न २८ देशमा रहेका मोनाका प्रतिनिधिहरु म्याग्दी आएका छन ।
उद्घाटनपूर्व बेनीमा विभिन्न जातजाती तथा संघ संस्थाको पहिचान सहितको सांस्कृतिक झाँकी र बाजागाजा सहित बेनी बजार परिक्रमा गरिएको थियो ।
महाधिवेशनले मोनाको आगामी दुई वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । महाधिवेशन आईतवार सम्म संचालन हुनेछ । २०६४ सालमा प्रकाश पुनको नेतृत्वमा स्थापना भएको म्याग्दी प्रवासी नेपाली संघ मोनाले जिल्लाको विभिन्न विपतजन्य गतिविधि तथा सामाजिक तथा मानवीय सेवामा सघाउदै आएको छ । हाल सम्म विश्वका २८ देशमा मोनाको राष्ट्रिय कार्य समिति गठन भएको छ ।