भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा १२९ जनाको मृत्यु

काठमाडौं । गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार खलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ ।

रुकुम पश्चिममा सानीभेरी गाउँपालिका, आठबिसकोट नगरपालिकालगायतका ठाउँमा मृतकको संख्या बढी छ । घाइतेहरुको चौरजहारी अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

कतिपय ठाउँ सञ्चार सम्पर्क विच्छेद भएको, सडक भत्किएका कारण जान नसकिएको तथा दुर्गम र भौगोलिकरूपमा विकटताका कारण सुरक्षाकर्मी समयमा पुग्न नसकेकाले मानवीय तथा भौतिक क्षतिको संकलन भइरहेको सम्बन्धित जिल्लाका अधिकारीले बताएका छन् ।

मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ । शुक्रबार मध्यरातमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टरस्केलको भुकम्प गएको थियो । उक्त भुकम्पको देशैभर धक्का महसुस भएको थियो ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गम्भीर घाइते भएकाहरुलाई प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका विरामीहरुलाई प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।

जाजरकोट र रुकुम पश्चिमका अस्पतालहरुमा विरामीले भरिएपछि उनीहरुलाई सुर्खेत रिफर गरिएको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।Nepalpress

You can share this post!

प्रकृतिको एक अनुपम उपहारः बेलढुङ्गा

भूकम्पबाट घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने

Related posts