२१ औँ संस्करणको जेसिज कप मंसिर १९ देखि संचालन हुने

म्याग्दी । म्याग्दी जेसीजको मूल आयोजनामा जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म बेनीमा हुने भएको छ । शनिबार जेसीजको कार्यालयमा भएको तेस्रो साधारण सभाले २१ औँ संस्करणको विद्यालयस्तरको छात्र फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

प्रतियोगितालाई सफल बनाउन प्रतियोगिताको मुल संयोजकमा कार्यकारिणी उपाध्यक्ष विनोद घर्तिलाई साधारणसभाले चयन गरेको म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो । अध्यक्ष बानियाँले मंसिर १९ गतेदेखि सुरु हुने फुटवल प्रतियोगितामा जिल्लाभित्र सबै विद्यालयलाई सहभागि हुने गरी तयारी गरिदिनुहनु आग्रह गर्नुभएको छ ।

प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिने अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित नगद पुरुस्कारले पुरस्कृत गरिने छ ।

विद्यालय तहमा हुने जिल्ला स्तरीय फुटवल प्रतियोगितालाई सफल बनाउन सबैले सहयोग गरिदिनुहुन अध्यक्ष बानियाँले आग्रह गर्नुभएको छ । अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

You can share this post!

भूकम्पबाट घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने

बेनीमा बन्नेभयो शान्ति पार्कः बेनी भिडन्तमा प्वाल परेको पोल पनि त्यहि राखिने

Related posts