मोना क्रोएसियाले जित्यो फुटसलको उपाधि

म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोएसियाले फुटसलको उपाधी जितेको छ । बुद्ध मार्टले आयोजना गरेको फुटसल प्रतियोगितामा लाफा एफसीलाई पेनाल्टी सुुटआउटमा १ का बिरुद्ध ३ गोल गदैं उपाधी जितेको मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासले बताउनुभयो ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । उपाधीसँगै मोना क्रोएसियाले ७ सय यूरो, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । क्रोएसियामा रहेका म्याग्देलीले पछिल्लो समय भलिबल सहित विभिन्न प्रतियोगितामा उपाधी जितेको छ ।

क्रोएसियामा रहेका नेपाली संघसंस्थामा मोना सक्रिय संस्थाको रुपमा परिचित बनेको छ । जिल्लाका विभिन्न सामाजिक गतिविधिहरुमा समेत मोना क्रोएसियाको सक्रियता रहेको छ ।

 

You can share this post!

संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन

सौन्दर्यकलाद्वारा आर्थिक सहयोग हस्तान्तरण

Related posts