म्याग्दीको मंगला गाउँपालिका–२,सिमलचौरमा अवस्थित प्रभात आधारभुुत विद्यालयमा एक परिवारले स्वर्गीय माताको स्मृतिमा बाल विकास कक्षा कोठा निर्माण गरिएको छ ।
विद्यालयका पुर्व प्रधानध्यापक गणेशबहादुर बानियाँबाट स्वर्गीय पम्फादेवी बानियाँको स्मृतिमा १ लाख ५९ हजार ९९५लागतमा कक्षा कोठा र ७५ हजारको स्मृति कोष सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक घम्बर बहादुर बानियाँले बताउनुभयो ।
विद्यालयको ५३ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा कोष स्थापना तथा बालविकास कक्ष निर्माण गरेका पूर्व प्रअ बानियाँ र परिवारलाई सम्मान समेत गरिएको थियो ।
विद्यालयको शैक्षिक गतिविधिमा अतुलनीय योगदान पुर्याउनुभएका पुर्व प्रअ बानियाँले बालविकासका बालबालिकालाई सहज पठनपाठन तथा नियमित शैक्षिक गतिविधिका लागि अक्षय कोष स्थापना गरिएको बताउनुभयो ।
सोही अवसरमा मंगला–२ नेवारेका ललितबहादुर खड्काले आफ्नो स्वर्गीय पिता तर्कबहादुर खड्काको स्मृतिमा ९६ हजार २७५को अक्षय कोष स्थापना गर्नुभएको छ ।
त्यस्तै सिमलचौर सामुदायिक बनले निजी शिक्षकको तलबसुविधाका लागि २५ हजार र अभिभावक विष्णु् केसीबाट बाल विकासमा अध्ययनरत विद्यार्थीलाई एक दर्जन कचौरा र चम्चा सहित नगद सहयोग गर्नुभएको छ । विब्यस अध्यक्ष दिर्घबहादुर खड्काको अध्यक्षता, शिक्षक सिताकुमारी अधिकारीको सञ्चालन, प्रअ घम्बर बहादुर बानियाँको आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो ।