एमाले म्याग्दीले पुष्पलालको ४६ औ स्मृति दिवस मनायो

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीले ४६ औं पुष्पलाल स्मृति दिवस मनाएको छ । सोमबार पार्टी कार्यालय बेनीमा “नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान” विषयमा बिचार गोष्ठीको आयोजना गरि स्मृति दिवस मनाएको हो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपालको वर्तमान राजनीतिक परिवेशमा पुष्पलालका विचारहरु सान्दर्भिक हुँदैगएको र उहाँको विचारकै कारण अहिले काँग्रेस र एमाले एक ठाउँमा आएको बताउनुभएको छ ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले तानाशाही शासन व्यवस्थाका विरुद्ध प्रजातान्त्रिक र कम्युनिष्ट शक्तिलाई एकआपसमा मिलाएर उहाँले आन्दोलनको सफल नेतृत्व गर्नुभएको स्मरण गर्नुभयो । गोष्ठीमा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ र जिल्ला अध्यक्ष बालकृष्ण सु्वेदीले नेपालको राजनीतिक आन्दोलनमा पुष्पलालको योगदानका चर्चा गर्नुभएको थियो ।

कार्यक्रम एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीको अध्यक्षता, पार्टी सचिव थमसरा पुनको संचालन र स्वागत पार्टी कार्यालय सचिव हरिकृष्ण सुबेदीले गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा भएको हो । १९९७ सालमा आफ्ना दाजु अमर शहीद गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई “माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस” भन्ने दाजुको भनाइले पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बनेको थियो ।

उच्च शिक्षा हासिल गर्नका लागि पुष्पलाल भारत गएपछि त्यहाँ अध्ययनका क्रममा उनी भारतीय स्वतन्त्रता संग्राम र कम्युनिष्ट आन्दोलनसँग प्रभावित भएर भारतीय कम्युनिष्ट पार्टीको गतिविधिमा संलग्न हुँदै उनले माक्र्सवादी (लेनिनवादी विचारधारामा प्रशिक्षण पाएका हुन् । भारतमा अध्ययन पूरा गरी नेपाल फर्किएपछि पुष्पलालले नेपाली समाजमा साम्यवादी विचारधारा फैलाउने अभियान थाले । उनी नेपाली समाजका विभिन्न वर्ग, विशेषगरी श्रमिक र किसानलाई संगठित गर्न लागिपरे । २००७ सालमा, पुष्पलाल र उनका सहकर्मीहरूले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे । यो पार्टी नेपालमा पहिलो कम्युनिष्ट पार्टी थियो, जसले श्रमिक वर्गको हक अधिकारका लागि संघर्ष गर्ने उद्देश्य राखेको थियो ।

पुष्पलालले आफ्नो जीवनकालमा धेरै पटक सरकारले उत्पीडन ग¥यो । उनले विभिन्न समयमा जेल जीवन बिताउनुप¥यो । तर, तिनले कहिल्यै पनि आफ्नो विचारधारा र आन्दोलनप्रति सम्झौता गरेनन् । उनले निरन्तर जनताको पक्षमा आवाज उठाए र संघर्ष गरिरहे। उनका नेतृत्वमा पार्टीले ग्रामीण क्षेत्रमा किसान र श्रमिक वर्गलाई संगठित गरी विभिन्न आन्दोलन सञ्चालन ग¥यो। २०३५ सालमा पुष्पलाल श्रेष्ठको निधन भयो ।

उनको निधनले नेपाली कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पु¥यायो। तर, उनका विचार र योगदानले नेपाली समाजमा गहिरो प्रभाव पारेका छन् । उनले नेपालको राजनीतिक चेतनामा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।पुष्पलाल श्रेष्ठ नेपाली राजनीतिक इतिहासका एक महत्त्वपूर्ण नेता थिए । उनले नेपालमा साम्यवादको बीजारोपण गरे र श्रमिक वर्गको हक अधिकारका लागि निरन्तर संघर्ष गरे। उनका विचार र योगदानले नेपाली समाजमा नयाँ दिशा र प्रेरणा दिएका छन् ।

You can share this post!

साउनको पहिलो सोमबार गलेश्वर मन्दिरमा भक्तजनको भिड

लोक संगीत चौतारीमा बर पिपल र स्वामी रोपियो

Related posts