राति साढे १० बजेपछि देउसीभैलो निषेध, तोकेर पैसा मागे कारवाही हुने

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीमा राति साढे १० बजेपछि देउसी भैलो खेल्न निषेध गरेको छ । नेपालीको महान् चाड तिहारलाई हर्षोल्लास, भव्य, मर्यादित र अनुशासित तरिकाले मनाउन प्रशासनले सूचनाजारी गरेको छ । देउसीभैलो, नाचगान तथा सांस्कृतिक कार्यक्रम गर्ने समयसिमा तोकिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालद्धारा जारी सूचनामा उल्लेख छ ।

रातको समयमा देउसीभैलोको बहानामा उच्छृखल गतिविधि हुनसक्ने भएकालेचाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत समयसीमा तोकिएको भन्दा बढी समय खेलेमा कानुनी कारवाही समेत गरिने प्रजिअ ढकालको भनाई छ । कानुनले बर्जित गरेको गतिविधिमा संलग्न भएमा तत्काल प्रहरीमा जानकारी दिन समेत अनुरोध गरिएको छ ।

देउसी भैलोमा तोकेरै पैसा असुल्ने गतिविधिलाई रोक्न आफ्नो इच्छा अनुसार दान दिनुपर्ने, मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल नपुर्याउन समेत अपिल गरिएको छ ।

जिल्लाभित्र चाडपर्वमा ठूलो आर्थिक चलखेल सहित जुवातासको खेलप्रति प्रहरीले साधा पोशाकमा समेत खटाएर समेत निगरानी बढाएको जनाएको छ। जुवातास, कौडा खेल्ने खेलाउनेलाई कारवाही गर्न तिहारलाई लक्षित गरी मोवाइल गस्ती सहितको चाडपर्व सुरक्षा योजनालाई समेत प्रभावकारी लागु गरिने जनाइएको छ ।

You can share this post!

पिताको मार्ग पछ्याउँदै माथिएस पुगे अन्नपूर्ण आधार शिविरमा

Related posts