तिहार लक्षित सुरक्षा योजनाः समुदाय स्तरमा प्रहरी गस्ती

म्याग्दी । म्याग्दीमा तिहारलाई लक्षित गरेर समुदायस्तरमा प्रहरी परिचालन गरेको छ । सुरक्षा व्यवस्था चुस्त बनाउदै कुनै पनि घटना हुन नदिने गरी समुदायस्तरमै गस्ती सहितको सुरक्षा योजना लागु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जिल्लाभरी २ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । ‘गस्तीमा गएको टोलीले समुदायस्तरमा सचेतनामुलक अभियान सञ्चालन गरेको छ, चाडपर्वमा हुने घटनालाई न्यूनिकरण गर्न आवश्यक परेमा थप जनशक्ती समेत परिचालन गरिने छ’ प्रनाउ श्रेष्ठले भन्नुभयो ।

प्रहरीले चाडपर्वको समयमा तत्काल घटनास्थलमा पुग्ने गरी ‘क्युआरटी’ टिम परिचालन सहित इलाका प्रहरी कार्यालय सहित २४ प्रहरी यूनिटमा समेत आवश्यक पर्ने सामग्रीसहित घटनाको सूचना पाउने बित्तिकै सबैभन्दा पहिले पुग्ने क्यूआरटी टोली समेत बनाएको छ । त्यस्तै सदरमुकाम बेनीबजार सहितका क्षेत्रमा चाडपर्व अवधिभर मोबाइल भ्यानबाट गस्ती गर्नेछ । चाडपर्व सुरक्षाका सर्ट र लङ रुट पेट्रोल समेत सुरु गरिएको छ ।

सवारीसाधनबाट यात्रु ठगिने, छुट्ने स्थल र आर्थिक कारोबार हुने स्थानहरुमा समेत निगरानी, चोरीनिकासी, जुवातास, पटका र देउसीभैलोको नाममा अनावश्यक दबाब दिने कार्यलाई समेत रोक्न प्रहरीलाई निगरानी टोली परिचालन गरिने भएको छ । जीत–हारको उद्देश्य राखेर खेलिने खेल नियन्त्रण फितलो भइरहेको गुनासोका बिच प्रहरीले सूचना दिएको केही मिनेटमै जुवाडे पक्राउ गरिने समेत प्रहरीले जनाएको छ ।

सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारलाई अपराधरहित बनाउन घर वरपर कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दै प्रनाउ श्रेष्ठले विकृतिपूर्ण गतिविधिमा प्रहरी कठोर हुने चेतावनी दिनुभयो । चाडपर्व सुरक्षा योजनाले आपराधिक घटनामा न्यूनीकरण भएको जिकिर गर्दै त्यसलाई ध्यानमा राखेर पटाका र जुवातास तथा अन्य विकृति रोक्ने योजना बनाइएको र सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिइसकिएको उल्लेख गर्नुभयो ।

You can share this post!

देवकोटा जन्मजयन्तीमा काब्य गोष्ठी तथा कविता संग्रह बिमोचन

Related posts