देवकोटा जन्मजयन्तीमा काब्य गोष्ठी तथा कविता संग्रह बिमोचन

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीको अवसरमा म्याग्दी सामुदायिक पुस्तकालयले काब्य गोष्ठी तथा ‘परिस्थितीका उपजहरु’ कविता संग्रह बिमोचन गरेको छ ।

म्याग्दी पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गदैं नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखक देवकोटाको थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता अहिलेको समाजमा पनि उत्तिकै सान्र्दभिक रहेको बताउनुभयो ।

सोही अवसरमा म्याग्दी सामुदायिक पुस्तकालयका कार्यसमिति सदस्य एवम् मानवअधिकार तथा शान्ति समाज म्याग्दीका सभापति हरिप्रसाद पौडेलको ‘परिस्थितीका उपजहरु’ कविता संग्रहको बिमोचन तथा नन्दादेबी स्मृति ग्रन्थको लोकार्पण गरिएको थियो ।

साहित्यकार रामप्रसाद सुबेदीले कृतिको समालोचना, पुस्तकालयका कार्यसमिति सदस्य कृष्ण जिसीले पठनसंस्कृति र महाकवी देवकोटाका बारेमा कार्यपत्र प्रस्तुत तथा म्याग्दी साहित्यिक समाजका अध्यक्ष धुब्रलाल शर्मा, साहित्यकार देवीप्रसाद शर्मा, केदार पौडेल, म्याग्दी सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने महाकवि देवकोटाको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा म्याग्दीका साहित्यकार, म्याग्दी सामुदायिक पुस्तकालयका पूर्वअध्यक्ष हरिकृष्ण श्रेष्ठ, सुवाशकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । म्याग्दी पुस्तकालयका अध्यक्ष अम्बिककुमार श्रेष्ठको अध्यक्षता, साहित्य सचिव दिपक पौडेलको स्वागत र सचिव नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो ।

You can share this post!

तिहार लक्षित सुरक्षा योजनाः समुदाय स्तरमा प्रहरी गस्ती

हङकङ सिक्सेसस् इंग्ल्याण्डमाथि नेपालको शानदार जित

Related posts