म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता गाउँपालिकाका केन्द्र दरबाङमा सञ्चालन भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न ११ विद्यालयले सहभागीता जनाएको गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार, प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० ÷३० वटा पदकमा खेल प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा बिजेता विद्यालयलाई नगद रु ८० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ। प्रतियोगितामा द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमश ः नगद रु ६० हजार र ४० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाइएको छ ।
त्यसैगरि प्रतियोगितामा मार्च पासमा उत्कृष्ट विद्यालय र अनुशासित विद्यालयलाई समेत रु पाँच÷पाँच हजारको साथमा प्रमाणपत्रद्धार पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुमा लगनशिलता, अनुसासन र प्रतिस्पर्धी बन्नका लागि प्रतियोगिताले सहयोग पुग्नेमा जोड दिँदै गाउँपालिकाबाट छनौट भएर जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा उत्कृष्ट खेल पदर्शन गर्ने खेलाडीहरुलाई गाउँपालिकाले प्रोत्साहन गर्ने बताउनुभयो ।
कार्यक्रममा मालिका गाउँपालिका– ६ का वडा अध्यक्ष पथबहादुर रोका र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले प्रतियोगिताले विद्यालय तहमा लुकेका खेलप्रतिभाको पहिचान र प्रोत्साहन गर्न सघाउनेमा जोड दिनुभयो । उद्घाटन कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो भने बाजागाजा सहितको ¥यालीले दरबाङ बजार परिक्रमा गरिएको थियो । जनप्रिय माविका प्रधानध्यापक दिवाकर सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।