माओवादी केन्द्र म्याग्दी वडा र पालिका सम्मेलनको तयारीमा

बेनी । नेकपा (माओवादी केन्द्र) म्याग्दीले वडा र पालिका सम्मेलनको तयारी गरेको छ । बेनी स्थित माओवादी केन्द्र म्याग्दीको जिल्ला समन्वय समितिको विस्तारित बैठकले वडा र पालिका सम्मेलन गर्ने निर्णय गरेको हो ।

सम्मेलनका लागि धवलागिरीमा लालु किसान, मालिकामा रेशम बहादुर जुग्जाली, मंगलामा टेकबहादुर विश्वकर्मा, रघुगंगामा सेरबहादुर केसी, बेनी नगरपालिकामा कुशल पौडेल र अन्नपूर्णमा बिनोद केसीलाई सहजिकरण गर्ने जिम्मेवारी दिइएको छ ।

पालिका कमिटिको बैठकले पालिका र वडा सम्मेलनको मीति तय गर्ने निर्णय भएको माओवादी केन्द्र म्याग्दीका संयोजक सेरबहादुर केसीले बताउनुभयो । बैठकमा माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्ट्राचारीहरुलाई कारबाही गर्न थालेपछि आत्तिएका एमाले र काँग्रेस मिलेर भ्रष्ट्रचारीहरुलाई बचाउन सरकार बनाएका बताउनुभयो ।

पालिका र वडा सम्मेलनलाई सरकारका गलत क्रियाकलापको भण्डाफोर र खवरदारीका साथै जनजागरण अभियानका रुपमा अघि बढाउने कार्यक्रम रहेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले जनतामाझ जाने अवसरको सदुपयोग गरेर संगठन निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशमबहादुर जुग्जाली र प्रदेश सांसद हरिबहादुर भण्डारीले सरकारमा रहँदा म्याग्दीको विकासका लागि अधिकतम प्रयास गरेर योजनाहरु ल्याएको बताउदै त्यसको स्वामित्व लिन र प्रभावकारी कार्यान्वयनमा ध्यान दिन आग्रह गर्दै थप कामका लागि निरन्तर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

माओवादी केन्द्र म्याग्दीका सचिव कुशल पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा जेष्ठ कम्युनिष्ट मञ्चका भिमबहादुर बानिया सहित पालिका अध्यक्षहरुले मन्तबय व्यक्त गर्नुभएको थियो ।

You can share this post!

मालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना

जलजलाको तेस्रो राष्ट्रपति रनिङ शिल्ड विद्याज्योतीले जित्यो

Related posts