म्याग्दीमा अन्तराष्ट्रिय आप्रवासन दिवस मनाईयो

म्याग्दी । “सुरक्षित आप्रबसनको आधार सुचना सिप सहितको रोजगार” भन्ने नाराका साथ म्याग्दीको बेनीमा अन्तराष्ट्रिय आप्रवासन दिवस २०२४ मनाइएको छ । बुधबार बेनी नगरपालिका अन्तर्गत संचालित सुरक्षित आप्रवासन कार्यक्रमद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।

कार्यक्रममा बेनी नगरपालिकाद्वारा संचालित आप्रवासी श्रोत केन्द्रबाट साउन १ गते देखि मङ्सिर मसान्त सम्म सम्पादित क्रियाकलापको गण्डकी प्रदेशका कार्यक्रम अधिकृत शिव रेग्मीले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

१ हजार ९ सय ९६ जनाले सुरक्षित बैदेशिक रोजगार सम्बन्धि सूचना तथा परामर्श प्राप्त गरेको, ३७ जनाले बैदेशिक रोजगार सम्बन्धि ठगी, उद्दार, आर्थिक सहायता, उपचार सहायता, लगायत विभिन्न सहजीकरण मार्फत लाभान्वित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

१ जनाले सान्त्वना राहत प्राप्त गरेको, ३ परिवारले १८ लाख १० हजार रकम प्राप्तगर्दै लाभान्वित भएको, बैदेशिक रोजगारीका क्रममा एजेन्ट मार्फत ठगी भएको ४ वटा समस्या समाधान गरि ६ लाख ३० हजार फिर्ता गराउन सफल भएको र अन्य सेवामार्फत २६ जना लाभान्वित भएका छन् ।

त्यसैगरी इन्स्योरेन्स आर्थिक सहायता बापत एउटा समस्या समाधान गरि ३१ लाख प्राप्त गर्न सफल भएको प्रतिबेदनमा उल्लेख गरिएको छ । आप्रवासी श्रोत केन्द्रले पारिवारिक स्व्यास्थ्य उपचार, शव ल्याउन सहजीकरण, कामदारलाई उपचार सहायता, उद्दार कार्यमा सहजीकरण, बिदेशमा समस्या श्रम, भिषा चेक लगायतका समस्या समाधान गरेको जनाएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन पौडेलले बैदेशिक रोजगारमा जाँदा प्रक्रिया पुर्याएर गएको अबस्थामा कुनै समस्या भएमा सुरक्षित रुपमा स्वदेश ल्याउने काम भएको र प्रक्रिया नपुर्याई गएको अबस्थामा त्यस्ता समस्या समाधान गर्न अफ्ठ्यारो अवस्था आउने भएकोले बैदेशिक रोजगारमा जाँदा प्रक्रिया पुर्याएर जान समेत आग्रह गर्नुभयो ।

आप्रबासी दिवसको अवसरमा बिगत ९÷१० वर्ष देखि मलेसिया काम बिहिनभइ अलपत्र परि स्वदेश ल्याई पुर्याइएका म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीका बिर बहादुर घर्र्तीलाई बेनी नगरपालिकाले १० हजार सहयोग गरेको छ ।
कार्यक्रम बेनी नगरपालिकाका प्रमुख सुरत केसीको अध्यक्षता, रोजगार शाखाका संयोजक कुलचन्द्र रेग्मीको संचालन, बेनी नगरपालिका उपमयेर ज्योति लामिछानेको स्वागतमा सम्पन्न भएको थियो ।

 

You can share this post!

डाडागाउँ र अर्मनमा माओवादीको वडा सम्मेलन

कर्णालीमाथि रोमाञ्चक जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा

Related posts