एमाले अध्यक्ष केपी ओलीले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश इन्चार्ज बनाएका छन् । शुक्रबार ओली अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी अाेलिले शाक्यलाई हटाएर पूर्वमाओवादी नेता बादललाई नयाँ जिम्मेवारी दिनुभएकाे हाे ।
शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म दसौं महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।