बेनपा ५ बगुवा खोला रहेको सनसाइन युवा क्लवले माहाशिवरात्रीको अवसरमा माहाशिवरात्री मेलाको आयोजना गरेको छ । चैत्र १ गते देखि सुरु हुने उक्त मेला चैत्र ४ गते सम्म रहने क्लवले जनाएको छ । मेलाको अवसरमा पुरुष भलिव, महिला, पुरुष लठो तान्ने, पुरुष छेलो, अन्धनिशान जस्ता प्रतियोगिताको आयोजना गरीएको छ । भलिव तर्फ प्रथम हुनेले तिस हजार नगद र मेडल, प्रमाण पत्र र द्धितिय हुनेले पन्द्र हजार मेडल र प्रमाण पत्र पाउने क्लवले जनाएको छ ।
त्यसैगरी लठो तान्ने प्रतियोगितामा प्रथम हुनेले तिन हजार र द्धितिय हुनेले एक हजार आठ सय र प्रमाण पत्र पाउने छन् । छेलोमा प्रथम हुनेले एक हजार पाँच सय पाउने छ भने । अन्धनिशानमा प्रथम हुनेले एक हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।