एस.एल.सी ब्याच २०६९ द्धारा राष्ट्रिय माबि घतानमा एक लाखको अक्षयकोष स्थापना

म्याग्दी जिल्लाको बेनपा–९ राष्ट्रिय माबि घतानको नेप्टेचौरबाट २०६९ सालमा एलएलसी दिएको विद्यार्थीहरुको ब्याचले विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। रोजगारीको शिलशिलामा विश्वका कुना कुनामा रहेका सबै साथीहरु मिलेर आ आफ्नो पारिश्रमिक तलवबाट शुरुवातमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको र पछि कोषलाइ थप गर्दै जाने कोषका अध्यक्ष अर्जुन थापाले बताउनु भयो ।
साथै सो कोषको सञ्चालन गर्नका लागि थापाको अध्यक्षतामा अक्षयकोष सञ्चालन समिती समेत गठन गरीएको छ । समितीको उपाध्यक्षमा अमृता खत्री, सचिबमा सरोज सुबेदी, सह–सचिवमा प्रतीक चोखाल, कोषाध्यक्षमा मिलन कार्कि, सह–कोषाध्यक्षमा प्रशन्न चोखाल र सदस्यहरुमा सुनिल छिनाल, रबिन्द्र सुवेदी, कुशल थापा, प्रबिन चोखाल र भगवान कार्किलाइ चयन गरीएको छ । त्यसैगरी समितीको सल्लाहकारहरुमा शिक्षकहरू तारादेबी चोखाल बानियाँ, शंकर चोखाल, राजन बानियाँ र रामचन्द्र पौडेल लाइ चयन गरीएको समितीका सचिव सरोज सुबेदीले बताउनु भयो।


कोषमार्फत विभिन्न समयमा म्याग्दी जिल्लामा भईपरि आउने आपत बिपत, गरिब तथा जेहेन्दार बिधार्थीलाई सहयोग गर्ने र भबिस्यमा यस अक्षयकोष बार्षिक रूपमा बढाउदै जाने गरी पुर्व विद्यार्थीले अक्षयकोष स्थापना गरेको कोषका सललाहार शंकर चोखालले बताउनु भयो । साथै सोही ब्याचमार्फत घतानमा रहेको उपस्वाथ्य चौकिमा समेत कोरोना संक्रमण विरुद्ध लडिरहेका स्वाथ्यकर्मी र स्वयंसेवकहरुलाइ ५ सय थान मास्क, दुई सय जोडि ग्लोब्स् र छ लिटर सेनिटाइजर सहित विभिन्न स्वाथ्य सामाग्री सहयोग गरेको छ ।

You can share this post!

मापडण्ड बिपरीत मंगलाको पान बगरमा नदी जन्य पद्धार्थ उत्खनन्

गाउँपालिका अध्यक्षले जुटाए स्वास्थ्य सामग्री

Related posts