म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौर बाट मंगला १ पुर्णगाउँ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको बोलेरो जिप अन्दाजि बेलुका ८ बजेर २० मिनेट जाँदा सिमलचौरको कपासे डाँडा बाट नेवारे खोलामा दुर्घटना भएको छ । दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । छ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा बेनी नगरपालिका ५ डडुवाकी १९ बर्षीय सबिना भण्डारी र मंगला गाउँपालिका १ पुर्णगाउँका १५ बर्षीय विमल विक रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक स्यामकुमार राईले बताउनु भयो ।
त्यसैगरी घाईते हुनेहरुमा मंगला १ पुर्णगाउँकै २५ बर्षीय सुदन आचार्य, २६ बर्षीय एन्जिला भण्डारी, ३५ बर्षीय गिता खत्री, ८ बर्षीय अदिना नेपाली, ३६ बर्षीय अमृता रामजाली र १९ बर्षका अनिल रसाईली रहेको प्रहरी कर्यालय म्याग्दीले जनाएको छ ।
घाईते मध्य थप उपचारका लागि घाईतेहरु अनिल रसाईली, अमृता रामजाली लाई पोखरा स्थित मनिपाल शिक्षण अस्पताल र गिता खत्री लाइ फेवा सिटी अस्पतालमा रिफर गरीएको बेनी अस्पताल व्यवस्थापन समिती म्याग्दीका अध्यक्ष बेलबहादुर कटुवालले बताउनु भयो । बाँकी २ जना एन्जिला भण्डारी नेपाली र अदिना नेपालीको बेनी अस्पतालमा उपचार भैरहेको छ भने सुदन आचार्य लाई उपचार पश्चात डिसार्च गरीएको छ ।
सिमलचौर देखि पुर्णगाँउ हिडेको बोलेरो जिप सिमलचौरकै कपासे डाँडा बाट करीब २ सय मिटर तल नेवारे खोलामा खसेको मंगला गाउँपालिकाले जनाएको छ । घाईतेहरुको म्याग्दी सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा उपचार भैरहेको छ । जिप के कारण दुर्घटना हुन गएको हो भन्ने विषय अनुसन्धान भई रहेको जिप्रका म्याग्दीले जनाएको छ ।