लुलाङ्गको खबाङ्गमा पहिरो जाँदा दर खोला दोस्रो लघु जलविद्युत परियोजनाको पारव हाउसमा क्षेती

म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङ्गको खबाङ्गमा आइतबार राति १ बजे पहिरो गएको छ । पहिरो जाँदा पहिरो सहित आएको बाढीले मरेनिमा रहेको दरखोला दोस्रो लघु जल विद्युत परियोजनाको पारव हाउसमा क्षति पुराएको धवलागिरी गाउँपालिका २ लुलाङ्गका वडा अध्यक्ष गम प्रसाद विकले बताउनु भयो ।
बाढीले पावर हाउसमा रहेको विद्युत उत्पादन गर्ने मेसिन, पवार हाउसमा काम गर्ने कर्मचारी बस्ने घर, नहर बगाएको अध्यक्ष विकले जानाकारी दिनु भएको छ । १ करोड ५० लाख भन्दा बढीको लागतमा निमार्ण भएको उक्त परियोजनामा करीब एक करोड बराबरको क्षेति भएको छ । ४५ वाटको उत्त परियोजना मार्फत लुलाङ्ग, लम्सुङ्ग, खोरीया, मरानी, नयाँ बन, जुगेपानीका ३ सय ७८ घर धुरीले विजुली बाल्दै आएका थिए । केन्द्रीय प्रसारण लाइन समेत नपुगेको उक्त क्षेत्रका बासीन्दाहरु बाढीले परियोजनामा क्षती पुराए सँगै अन्धकारमा बस्न बाध्य भएका छन् ।

You can share this post!

पुलाचौरमा विविध कार्यक्रमसहित ५९औं नेपाल रेडक्रस दिवस मनाइयो

बरंजाको आर्भाङ्गमा राष्ट्रिय युवा संघ मंगला ३ र ४ को विस्तार भेला

Related posts