जालझेल आवश्यक छैन, जेठ २ मा फर्किएर अगाडि बढौंः शाक्य

नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्न आग्रह गर्नु भएको छ ।

एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘त्यसमा जालझेल आवश्यक छैन । २०७५ जेठ २ मा जो आउँछ, उसैलाई मानेर अगाडि बढौं ।’ विभाजनले कसैको हित नगर्ने भन्दै उहाँले सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनुपर्ने बताउनुभयो ।

नेतृ शाक्यले अब प्यानलगत चुनाव गर्न नहुने पनि बताउनुभयो । नवौं महाधिवेशनमा दुईवटा प्यानल बनाएर लडेको र एउटा जित्दा अर्कोले हारेपछि गुटबन्दी भएको शाक्यले बताउनुभयो ।

पार्टीमा पछिल्लो समय विचारमा पनि विचलन आएको उहाँको भनाई थियो । ‘खासगरी नवौं महाधिवेशनपछि व्यवस्थित वैचारिक प्रशिक्षण गर्न सकेनौं । जब प्रशिक्षण र वैचारिक छलफलको अभाव भयो, कमिटी अराजकतातिर गयो । विचार शून्य भएपछि हामी गुटबन्दीको शिकार भयौं,’ शाक्यले भन्नुभयो, ‘अब लुकाएर हुँदैन, हामीले यसको निर्मम समीक्षा गर्नैपर्छ । त्यो आँट नेतृत्व तहले गर्नैपर्छ ।’

अनलाइन खबर बाट

 

You can share this post!

म्याग्दीमा नेपाल दलित मुक्ति मोर्चाको पालिका स्तरीय सम्मेलन गरिने

जिल्ला बास्केटबल संघ म्याग्दी गठनः अध्यक्षमा पुर्जा चयन

Related posts