नेपाल उत्पीडित जातिय मुक्ती समाजको नगर भेला सम्पन्नः अध्यक्षमा गोरी दर्जी

नेकपा एमाले निकट जातिय संगठन नेपाल उत्पीडित जातिय मुक्ती समाजको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
शनिबार नेकपा एमाले पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न नगर भेलाबाट गौरी दर्जीको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा रुपेश सुन्दास, बल बहादुर परियार, सचिबमा राजु किसान, सह–सचिवमा गणेश परियार, हर्क बहादुर बिश्वकर्मा र कोषाध्यक्षमा भगवती बोहोरा चयन हुनुभएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सचिव मनोहर बिश्वकर्माले दलित मुक्तीका लागि मुक्ती समाज एक मात्र साझा दलित संगठन भएको बताउनुभयो । उहाँले दलितहरुले आर्थिक, सांस्कृतिक र राजनैतिक अधिकार प्राप्त गर्नका लागि अझ धेरै आन्दोलन गर्न बाँकी नै रहेको बताउनुभयो । सचिब बिश्वकर्माले सम्पुर्ण दलितहरुलाई एमालेको बिचार र सिद्धान्तमा गोलबन्द हुन पनि आग्रह गर्नुभयो ।

जातिय मुक्ती समाजका केन्द्रिय सदस्य एबँ गण्डकी प्रदेश सह–इन्चार्ज पुस्कर बिकले कांग्रेस दलित बिरोधी पार्टी र माओबादी केन्द्र इन्जिन नभएको ट्याक्टर जस्तै भएको बताउनुभयो । म्याग्दीको रुममा कांग्रेसले हालै क्षेत्रीय प्रतिनिधि चयन भएको दलितहरुलाई हटाएर गैह्र दलितलाई राखेको घटनाले पनि कांगे्रसले दलितलाई स्थान दिदैन भन्ने पुष्टि गर्दछ, नेता बिकले भन्नुभयो । उहाँले एमाले डिलक्स गाडी भएकाले यसैमा यात्रा गर्न सम्पुर्ण दलितहरुलाई आब्हान समेत गर्नुभयो ।

त्यस्तै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पार्टीले दलितलाई कुनैपनि अबसरहरुबाट बञ्चित नबनाउने बताउनुभयो । अध्यक्ष श्रेष्ठले पार्टीका हरेक गतिबिधिमा दलितलाई उपयुक्त अबसर, स्थान र जिम्मेवारी प्रदान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

भेलामा जातिय मुक्ती समाजका केन्द्रिय सदस्य जिबन कुमार बिश्वकर्मा, नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदी, बेनी नगर कमिटि अध्यक्ष प्रमोद श्रेष्ठ, मंगला गाउँपालिकाका उपाध्यक्ष सृजना केसी, लेखा आयोग संयोजक चन्द्र कुमार केसी लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । नबगठित नगर कमिटिले बेनी नगरपालिकाको सबै वडामा भेला सम्पन्न गर्ने र आगामी मंसिर १६ गते आयोजना हुने जिल्ला सम्मेलनमा सबै वडाबाट प्रतिनिधि सहभागी गराउने निर्णय गरको सचिब राजु किसानले जानकारी दिनुभएको छ ।

भेला नेपाल उत्पीडित जातिय मुक्ती समाजका जिल्ला संयोजक खरमाया बिटालुको अध्यक्षता, सुवास बिश्वकर्माको स्वागत र भोज बहादुर थापा किसानको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

म्याग्दी सुनचाँदी ब्यबसायी संघको अध्यक्षमा बानीयाँ चयन

अनेरास्वबियू गण्डकी प्रदेश संयोजकमा म्याग्दीका प्रकाश पौडेल

Related posts