म्याग्दीमा नयाँ नोट असोज दोस्रो साता पछि मात्रै आउने

म्याग्दी, ५ असोज । नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज ४ गते देखिनै नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ । राष्ट्र बैंकका बिभिन्न कार्यालयहरु र बाणिज्य बैंकहरुमार्फत सर्वसाधारणका लागि नयाँ नोट वितरण भैरहेको जानकारी राष्ट्र बैंकले गराएको छ । तर म्याग्दीमा भने नयाँ नोट आएको छैन ।

दशैंका लागि नयाँ नोट वितरण सुरु भएको खबर पाएर ग्राहकहरु समयमै नयाँ नोट साट्नलाई बैँक पुग्ने तरखरमा छन । तर बैँकमा भने नोट आइनसकेको नेपाल बैँक लि. म्याग्दीले जनाएको छ ।

बैँकमा पैसा राख्ने स्पेश नभएका कारण अहिल्यै नयाँ नोट मगाउन नसकिएको नेपाल बैँक लि. म्याग्दी शाखाका प्रबन्धक मोहन लामिछानेले बताउनुभयो । ‘हामी संग ३० करोड भन्दा बढि पैसा राख्न सक्ने क्षमता हुँदैन’ लामिछानेले भन्नुभयो, “अन्य बैंकहरुले कारोबार दर बढाएर स्पेश खाली हुँदा साथ नयाँ नोट मगाउँछौँ” ।

बाणिज्य लगाएत अन्य बैंकहरुले पनि नयाँ नोटको माग गर्न सक्ने भएपनि जिल्लामा कुनै बैंकमा नयाँ नोट नभित्रिएको उहाँले बताउनुभयो । असोजको दोस्रो साता पछि मात्रै नेपाल बैंक मार्फत म्याग्दीमा नयाँ नोट बितरण गर्न सकिने प्रबन्धक लामिछानेको भनाई छ । कोभिड–१९ बाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

 

You can share this post!

इसीडी शिक्षक र कर्मचारीद्वारा बेनी नगरपालिकालाई ज्ञापनपत्र

बेनी नगरपालिकामा स्वास्थ्य संस्थाका कार्यक्रमको वार्षिक समीक्षा गोष्ठीः स्वास्थ्यका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

Related posts