एनआरएनए अध्यक्षमा म्याग्दीकी रविना थापाको उम्मेदवारी घोषणा

म्याग्दी ८ असोज । समृद्धी, सुरक्षा र समर्पणको नारा अंगाल्दै गैर आवासीय नेपाली संघको अध्यक्षमा म्याग्देली चेली रविना थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ । अमेरिकामा बस्दै आउनुभएकी हाल आइसिसी उपाध्यक्ष समेत रहनुभएकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदको २०२१– २०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

घोषणा सभामा बोल्दै थापाले सुरक्षित वैदेशिक रोजगार र समृद्ध नेपालको एजेण्डालाई स्थापित गर्ने गरि आफुले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिन लागेको बताउनुभयो । थापाले बिदेशमा हाँसिल गरेका सीपलाई व्यावसायीकरण गर्ने योजना रहको बताउनुभयो । बिदेशबाट एक जना नेपालीले सिकेर आएको सीपलाई तालिम मार्फत नेपालमा धेरे लाई सिकाउने र त्यसको कार्यान्वयन गराउने एजेण्डा पनि थापाले अघि सार्नु भएको छ । उहाँले एनआरएनएमा महिला नेतृत्वको आवश्यकता रहेको बताउँदै सबै आकाँक्षिहरु सहित गैर आवासीय नेपालीहरुलाई समेत सहयोगको अपिल गर्नुभयो ।

सबै देशहरुलाई समेटेर छिट्टै बलियो टिम निर्माण गरि प्रचार प्रसारमा जुट्ने उहाँको भनाई छ । संघको नवौं अन्तराष्ट्रिय महाधिवेशनमा थापाले कुल आचार्य समूहबाट महिला उपाध्यक्षमा सबै भन्दा धेरै मत सहित चुनाव जित्नुभएको थियो ।

आउँदो अक्टोबरमा हुन लागेको संघको दशौं महाधिवेशनमा कांग्रेस निकट थापा संगै कुल आचार्य पनि अध्यक्षको प्रत्यासीको रुपमा देखिनुभएको छ । आचार्य अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा पराजित हुनुभएको थियो । दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्ष पदमा बेलायतका कुल आचार्यले गृह जिल्ला पर्बत आएर यस अघिनै उम्मेदवारी घोषणा गरिसक्नु भएको छ भने रसियाका डा. बद्री केसीले पनि उम्मेदवारी दिने बताइएको छ ।

You can share this post!

दरबाङमा जातिय मुक्ति समाजको पालिका स्तरीय भेला सम्पन्न

अनेरास्ववियु योद्धाहरु उत्पादन गर्ने थलो होः नेता पौडेल

Related posts