अनेरास्ववियुको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

म्याग्दी, १० असोज । एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला कमिटि म्याग्दीको ११ औं पूर्ण बैठक एबँ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एमाले पार्टी कार्यालय हाँडेभिरमा २ दिन सम्म संचालन गरिएको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य एबँ संबिधान सभा सदस्य नबराज शर्मा, नकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, सचिव बालकृष्ण सुबेदी, मदन भण्डारी फाउन्डेसन म्याग्दीका अध्यक्ष चन्द्र कुमार केसीले जबजको सिद्धान्त, पार्टीको पछिल्लो राजनैतिक अबस्था, लेलिनबादी संगठनात्मक सिद्धान्त, एमाले म्याग्दीको योजना, बिद्यार्थी राजनितिका उद्देश्य, भबिस्य, जिबनशैली, अनुशासन लगाएतका बिषयमा बिद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रमलाई अनेरास्ववियुका केन्द्रिय स्थायी कमिटि सदस्य एबं गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले सम्बोधन गर्नु भएको थियो । त्यस्तै नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशका सचिव युवा नेता नारायण जिसिले मन्तब्य ब्यक्त गर्दै बिद्यार्थी जिबन राजनिति सिक्ने महत्वपूर्ण समय भएकाले सुन्दर भबिस्य निर्माण गर्ने आधार पनि यहिबेला भएको बताउनुभयो ।

पूर्ण बैठकले संगठनलाई सुदृढ र सवल बनाउन बिभिन्न योजनाहरु तयार गरिएको अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य एबं जिल्ला अध्यक्ष सुवास बिश्वकर्माले बताउनुभयो । उहाँका अनुसार जिल्ला कमिटिमा केही सदस्यहरु मनोनित पनि गरिएको छ ।

बैठकले संगठनको गरिमा र साखलाई उच्च राख्दै बिद्यार्थीको हक, अधिकार र बिपतको समयमा आबश्यक सहयोग गर्ने निर्यण पनि गरेको अनेरास्ववियु म्याग्दीले जनाएको छ ।

You can share this post!

मुक्तिनाथ मन्दिर आजदेखि खुला

जापान जान रोकिएका विद्यार्थीलाई पठाउने व्यबस्था गर्न संसदीय समितिको निर्देशन

Related posts