नेत्र ज्योति संघ म्याग्दी द्वारा जेष्ठ नागरिकको आँखा परिक्षण

म्याग्दी । जेष्ठ नागरिक दिवस को अवशर मा नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दि ले जेष्ठ नागरिक हरुको लागि निशुल्क आँखा जाँच शिबिर सम्पन्न गरेको छ ।

शिबिर बेनि नगरपालिका वडा नम्बर ८ गणेश स्थानमा अवस्थित श्री कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्र भवन को प्राङ्गणमा संचालन गरिएको थियो । जेष्ठ नागरिक दिवस को अवशर मा जेष्ठ नागरिक हरुको लागि निशुल्क आँखा जाँच शिबिर संचालन गरिएको नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दि का सचिव राजेन्द्र कुमार श्रेष्ठ ले बताउनु भयो ।

शिबिर मा ७२ जना जेष्ठ नागरिक हरुको आँखा जाँच गरिएको र निशुल्क औषधि समेत बितरण गरिएको सचिव श्रेष्ठले बताउनु भयो । जेष्ठ नागरिक हरुको आँखा जाँच गर्दा अधिकांश मा मोतियाबिन्दु र केहि मा जलबिन्दु साथसाथै बिभिन्न खाले आँखा का रोगहरु समेत फेला परेको र कतिपय लाई हिमालय आँखा अस्पताल पोखरा थप जाँच कालागि पठाईएको नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र म्याग्दि का नेत्र अधिकृत दिनेश बानियाँले वताउनु भयो ।

नेपाल मा अन्धोपन निवारण गर्ने साथसाथै देृष्टि बिहिन हरुलाई पुनःस्थापन समेत गर्ने उद्देश्य का साथ गठन गरिएको नेपाल नेत्र ज्योति संघ को म्याग्दि जिल्ला शाखा २०७६ जेष्ठ ३१ गते गठन गरिएको थियो ।

२०७७ श्रावण १२ गते देखि हिमालय आँखा अस्पताल पोखरा को प्राबिधिक सहयोग मा नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र म्याग्दि बेनि नगरपालिका वडा नं ८ क्यापसचोक बेनि बजार मा स्थापना गरि नियमित आँखा उपचार सेवा दिनुको साथसाथै जिल्ला का बिभिन्न स्थानहरुमा बिभिन्न समय तथा अवशरहरु मा निस्शुल्क आँखा जाँच शिबिर गर्दै आएको छ ।

You can share this post!

पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

पुनम स्मृति कोष द्वारा बिपन्न बिद्यार्थीहरुलाई सहयोग

Related posts