म्याग्दी । नेकपा एमाले धौलागिरी गाउँपालिका वडा नं ६ को आइतबार सम्पन्न प्रथम वडा अधिवेशनले ज्ञान बहादुर गवुर्जाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
नवगठित वडा कमिटिको उपाध्यक्षमा रघुनाथ उपाध्याय, सचिवमा लोक प्रसाद पुन, उपसचिवमा केशव गर्बुजा र अभिषेक गुरुङ्ग रहनुभएको अध्यक्ष मण्डलका अध्यक्ष धन बहादुर गुरुङ्गले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार २ सदस्य पछि मनोनित गर्ने गरि २९ सदस्यीय वडा कमिटि सर्वसम्मत रुपमा चयन गरिएको छ । कार्यक्रममा धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, वडा अध्यक्ष राजाराम सुबेदी, अनेरास्ववीयु म्याग्दीका उपाध्यक्ष ईश्वर सुबेदी, लगाएत गाउँका अग्रज नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
धेरै लामो समयपछि वडामा पार्टीको नयाँ नेतृत्व चयन भएको हुँदा कार्यकर्ताको उलेख्य उपस्थिति रहेको अध्यक्ष मण्डलका सदस्य ईश्वर सुबेदीले बताउनुभयो । धौलागिरीमा सहज वातावरणमा अधिवेशन सम्पन्न भइरहेको गाउँपालिका उपाध्यक्ष छन्त्यालले बताउनुभयो ।