नेकपा एमाले म्याग्दीको वडा अधिवेशन अपडेटः मालिकाका सबै वडामा सकियो

म्याग्दी । नेकपा एमाले म्याग्दीको हिजो शनिबार देखि सुरु भएको वडा अधिवेशन रफ्तारमा चलिरहेको छ । आइतबार मालिका गाउँपालिका ५ देबिस्थानमा आयोजित प्रथम अधिवेशनले कुमार बुढाथोकीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ ।

कमिटिको उपाध्यक्षमा थक बहादुर घर्ति, सचिवमा बिनोद बुढाथोकी, उपसचिवमा गिरी प्रसाद बोहोरा र जिवन फगामी चयन हुनुभएको अध्यक्ष मण्डलका खरमाया बिटालुले जानकारी दिनुभएको छ ।

त्यस्तै वडा नं २ मा उदय बहादुर बुढाथोकीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि चयन गरिएको छ । कमिटिको उपाध्यक्षमा प्रतिक्षा बिक, सचिवमा चोकेन्द्र पुन, उपसचिवमा भक्त बहादुर पुन र याम बहादुर बिक चयन हुनुभएको छ । यो संगै मालिका गाउँपालिकाको ७ वटै वडामा अधिवेशन सम्पन्न भएको पालिका कमिटि अध्यक्ष बेग प्रसाद गर्बुजाले जानकारी दिनुभएको छ ।

उता धौलागिरी गाउँपालिका ५ मा पनि आइतबार नै अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले धन बहादुर दर्जिको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि चयन गरेको छ । उपाध्यक्ष गंगा बहादुर पुर्जा, सचिवमा दिल बहादुर छन्त्याल, उपसचिवमा रतन छन्त्याल र धन प्रसाद छन्त्याल चयन गरिएको छ ।
अधिवेशन सम्पन्न पार्नका लागि एमालेका नेताहरु वडा वडामा पुगेका छन । प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापा, संबिधान सभा सदस्य नबराज शर्मा, प्रदेश सभा सदस्य नरदेबि पुन, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष देबेन्द्र कटुवाल, सचिव बालकृष्ण सुबेदी लगाएत पालिका कमिटिका अध्यक्षहरु, जनप्रतिनिधिहरु, युवा संघ तथा अखिलका नेताहरु अधिवेशन सफल बनाउनका लागि खटिरहेका छन ।

You can share this post!

नेकपा एमाले धौलागिरी गाउँपालिका ६ को नयाँ नेतृत्व चयन

एमाले मंगला –३ को अध्यक्षमा कुल बहादुर थापाः मंगलाको सवै वडामा अधिवेशन सकियो

Related posts