एमाले बेनी नगर अधिवेशन स्थगित

म्याग्दी । नेकपा एमाले म्याग्दी बेनी नगर अधिवेशन बुधबार ( भोली ) बिहान १० बजे देखि सुरु हुने गरि स्थगित भएको छ ।

अधिवेशनको बन्द सत्रमा नेतृत्व चयनमा आंकाक्षीहरु धेरै देखिएको र तिनिहरुविच सहमतिको प्रयास भइरहेकाले अधिवेशन स्थगित गरिएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ । बनी नगर कमिटिको अध्यक्षका लागि नारायण जिसी, चन्द्र कुमार केसी र राजकुमार थापाले दावी गर्नु भएको छ ।

त्यस्तै उपाध्यक्षका लागि रोजेन्द्र कुमार श्रेष्ठ र लिलाराम गौतम, सचिवका लागि कृष्णसिं बानीयाँ र सुवास विश्वकर्माले दावी गर्नुभएको छ । २ जना चयन हुने उपसचिव पदका लागि लक्ष्मण कटुवाल, बिमल रिजाल, शिशिर शाही, नबिन केसी, नारायण शर्मा, रुद्र रेग्मी लगाएत ९ जना आंकाक्षी देखिएको अध्यक्ष मण्डलका संयोजक देब बहादुर घलेले जानकारी दिनुभयो ।

आकांक्षीहरु विच सहमतिका लागि छलफल भइरहेकाले मनोनयन दर्ता भने नगरिएको उहाँले बताउनुभयो । नगरकमितिको कतिपय पदहरुमा भने सहमति भइसहेको छ । अन्तिम सम्म सहमतिको प्रयास गरिने र सहमति हुन नसके लोकतान्त्रिक पद्धति अनुसार नेतृत्व चयन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

You can share this post!

नेकपा एमाले अन्नपूर्ण ३ को अध्यक्षमा रमेश पुर्जा चयन

एमाले मालिका गाउँपालिका अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित

Related posts