दैनिक उपभोग्य बस्तुहरु र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको अनेरास्ववियुद्वारा विरोध

२५ कार्तिक २०७८,  सरकारले बिहीबार रातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (युनियन) अनेरास्ववियु म्याग्दीले विरोध गरेको छ । दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले सर्वसाधारण समस्यामा परेको भन्दै अनेरास्ववियु म्याग्दीले क्याम्पसचोकमा विरोध गरेको हो ।

विरोध सभालाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य एवं विद्यार्थी इन्चार्ज दिपक कार्की (बिखर्ची)ले परमादेशबाट बनेको अहिलेको सरकारले तीनतीन पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकार जनताको र मुलुकको सरकार नभई चोलेन्द्रको खल्तीबाट बनेको अवैध सरकार भएको टिप्पणी समेत गर्नुभयो ।

विद्यार्थी इन्चार्ज कार्कीले अहिलेको पाँच दलीय गठबन्धनले नेपाली जनतालाई राहतभन्दा आहात दिइरहेको भन्दै मूल्यवृद्धिको विरोधमा गठबन्धनका विद्यार्थी सङ्गठन किन चुप बसेको भनेर प्रश्न गर्नुभयो । सोही सभामा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज सुवास विश्वकर्माले भारतले नेपालमाथि ठाडो हस्तक्षेप गरिरहँदा पनि वर्तमान सरकार केही पनि बोल्न नसकेको आरोप लगाउनुभयो । उहाँले सर्वोच्च अदालतको परमादेशबाट बनेको देउवा सरकारले जनताको पक्षमा काम गर्न नसक्ने भन्दै यो सरकारलाई विस्थापित गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीका सचिव शिशिर शाहीले मन्तव्य राखेको कार्यक्रम अनेरास्ववियुका जिल्ला उपाध्यक्ष ईश्वर सुवेदीको अध्यक्षता, सचिवालय सदस्यद्वय समिर रोकाको सञ्चालन र मिलन खत्रीको स्वागतमा सम्पन्न भएको थियो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिअनुसार पेट्रोल र डिजेल÷मट्टीतेलको मूल्य प्रतिलिटर तीन÷तीन रुपैयाँ रहेको छ । यो मूल्यवृद्धिसँगै पेट्रोलको प्रतिलिटर एकसय ३६, डिजल÷मट्टीतेल एकसय १९ रुपैयाँ पुगेको छ । यस्तै खाना पकाउने एलपी ग्यासको प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर एकहजार पाँचसय ७५ रुपैयाँ पुगेको छ ।

 

You can share this post!

पेट्रोलियम पदार्थ र एलपी ग्यासमा गरिएको मूल्यबृद्धि फिर्ता नलिए प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी

म्याग्दीको बेनीमा श्रीमद्भागवत् गीता ज्ञान महायज्ञ सुरु, धर्मलाई पर्यटनसँग जोड्नुपर्ने पर्यटन मन्त्री शर्माको भनाइ

Related posts