आमाको कुटपिटबाट छोराको मृत्यु

मोरङमा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ ।आइतबार राति कटहरी गाउँपालिका–५ की ५५ वर्षीया आमा बातियो उरावको कुटपिटबाट उनकै छोर ३५ वर्षीय राजेन्द्रप्रसाद उरावको मृत्यु भएको हो ।

मदिरा सेवन गरेर आएपछि राजेन्द्रले पारिवारिक विवाद निकालेर शनिबार राति घरमा झगडा गरेका थिए । मदिरा सेवन गरेर आएका राजेन्द्रले विवाद गर्न थालेपछि आमाले कुटपिट गरेको मोरङ प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते राजेन्द्रलाई परिवारजनले शनिबार राती नै कोशी अस्पतालमा सामान्य उपचारपछि घर लगेका थिए ।

घटनाको बारेमा ढिलो गरी जानकारी पाएका प्रहरीले आइतबार पुनः राजेन्द्रलाई उपचारका लागि नोबेल अस्पतालमा भर्ना गराएको तर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा बातियोलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान बढाएको प्रहरीले जनाएको छ ।

You can share this post!

यी हुन् अ‍ोलीले प्रस्ताव गरेका एमालेका १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य सूचीसहित

बेगखोलामा बोलेरो दुर्घटना 

Related posts