भारी मतसहित एमाले अध्यक्षमा दोस्रोपटक ओली विजयी

काठमाडौं । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित हुनुभएको छ ।

चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलका अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८४० मत प्राप्त गरेर विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गर्नुभएको छ ।

पोखरेलले भन्नुभयो, ‘विद्युतीय मतदानमा बदर भन्ने हुन्न तर केही नो भोटसमेत रहेकाले खसेजति मत उम्मेदवारले पाउन सकेनन् । त्यसैले खसेको मत र दुई उम्मेदवारले पाएको मत जोड्दा हिसाब मिल्दैन ।’

एमालेमा सर्वसम्मति प्रयास असफल भएपछि ओली र रावलबीच चुनाव भएको थियो । अघिल्लो नवौं महाधिवेशनमा माधव नेपाललाई झिनो अन्तरले पराजित गरेका ओलीले यसपाली रावलमाथि सहज जित हासिल गर्नुभएको छ ।

 

You can share this post!

म्याग्दीको राखुमा छायांकन गरिएको ‘किन मान्छौ डर’ गितको म्यूजिक भिडियो सार्वजनिक

एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई सबै भन्दा धेरै मत, घनश्याम भूसाल पराजित

Related posts