पत्रकार हरिकृष्ण गौतम मिडिया सोसाइटी अर्वाड द्वारा सम्मानित

म्याग्दी । म्याग्दी मिडिया सोसाइटीका उपाध्यक्ष पत्रकार हरिकृष्ण गौतम सम्मानित हुनुभएको छ । शुक्रबार म्याग्दीको टोड्केमा आयोजित म्याग्दी मिडिया सोसाइटीको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा मिडिया सोसाइटी अवार्डबाट गौतम सम्मानित हुनुभएको हो ।

सोसाइटी द्वारा प्रत्येक बर्ष प्रदान गर्दै आएको अवार्ड यस बर्ष गौतमलाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि रघुगंगा गाउँपालिका वडा नं ५ झिं का अध्यक्ष मन बहादुर शेरमन्जा, टोड्के हिल रिसोर्टका संचालक, पर्यटन ब्यबसायी भिम शेरचन र संस्थाका अध्यक्ष कमल खत्रीले दोसल्ला, सम्मान पत्र र नगद सहित गौतमलाई सम्मान गर्नुभएको हो ।

लोमो समय देखि म्याग्दीको पत्रकारीतामा सक्रिय रहेर गौतमले शिक्षा, पर्यटन, संस्कृति, बिकास निर्माण तथा सामाजिक बिषयहरुको उजागर गर्न महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । बिषेश गरि परोपकारी पत्रकारीत गर्न रचि राख्ने गौतमले कलमकै माध्यमबाट जिल्लाका अभिभावक गुमाएका तथा आर्थिक अभावका कारण शिक्षा हाँसिल गर्न बाट बञ्चित भएकाहरुलाई शैक्षिक ब्यबस्थापन गर्नका लागि उच्च योगदान पुराउनु भएकाले उहाँको योगदानको कदर गर्दै अवार्ड द्वारा सम्मान गरिएको अध्यक्ष कमल खत्रीले बताउनुभयो ।

साथै गौतमले उपाध्यक्षको जिम्मेवारीमा रहेर संस्थाको बार्षिक गतिविधिमा पनि उल्लेख्य भूमिका निभाउनु भएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको उपाध्यक्ष समेत रहनुभएका गौतम हाल बेनी अनलाइन र बेनी साप्ताहिक पत्रीकाको प्रकाशक एवं सम्पादक हुनुहुन्छ ।

You can share this post!

 नेपालि काँग्रेसको १४औँ महाधिवेशन आजदेखि

मिडिया सोसाइटीको तेस्रो अधिवेशन टोड्केमा सम्पन्नः अध्यक्षमा खत्री चयन

Related posts