सर्लाहीमा आगोले जलेर दुई बालिकासहित तीन जनाको मृत्यु

सर्लाही, पुस १ गते । सर्लाहीको बेग्लाबेग्लै स्थानमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको कविलासी नगरपालिकामा आगलागीमा परी एकै परिवारका दिदी–बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राती विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७, सिर्सिया बस्ने जोगी महरा चमारकी छोरीहरु ८ वर्षीया लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको मृत्यु भएको हो ।

आगलागीबाट जलेर गम्भीर घाईते भएका उनीहरुलाई जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौंतर्फ लैजाँदै गर्दा बिहीबार बिहान ३ बजेतिर बाटोमा नै मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक ९एसपी० कृष्ण प्रसाईले गोरखापत्रलाई जानकारी दिनुभयो । आगलागीमा परेर चमारकी अर्की छोरी ५ वर्षीया सुधा कुमारी पनि घाईते छिन् ।

सामान्य घाईते सुधा भने स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज भइसकेकी छिन् । प्रहरीका अनुसार बुधबार राती ९स्१५ बजेतिर अतिविपन्न चमार परिवारको घरमा आगलागी भएको हो ।
आगलागी गाउँले र प्रहरी मिलेर आधा घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीबाट चमारको फुसले छाएको कच्ची घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट दुई सन्तान गुमाएको चमार परिवार घर समेत जलेर खरानी भएपछि बिचल्लीमा परेको छ । पीडितको खुला आकाशमुनी बास भएको छ ।

यस्तै, मलङ्गवा नगरपालिका–६, खुटौनामा परालको घुर बालेर ताप्नेक्रममा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । बुधबार राती ११.३०  बजेतिर बाटो छेउमा पराल बालेर आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर गम्भीर घाईते हुनुभएकी ७० वर्षीया नसिर खाँ को उपचारका क्रममा जिल्ला अस्पताल मलङ्गवामा मृत्यु भएको हो । खाँ को बिहीबार बिहान ७.१५  बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक वृद्धाको शव जिल्ला अस्पतालमै छ ।

सर्लाहीमा केही दिनदेखि लगातारजसो आगलागीका घटना भइरहेका छन् । एक साताको अवधिमा जिल्लाका आधादर्जन भन्दा बढी स्थानमा विद्युत् सर्ट भइ र घुर बाल्नेक्रममा आगलागी भएका छन्

You can share this post!

बेनी खानेपानी उपभोक्ता संस्थाको २२औं वार्षिक साधारणसभाः मानव जीवनमा पानीको महत्व धेरै रहेकाले संरक्षण गर्नुपर्ने 

लमजुङमा ८९ प्रतिशत नागरिकले पूर्ण खोप लगाए

Related posts