काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । ६ जना मध्य गगन र विश्वप्रकाश बिजयी हुनुभएको हो ।
गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बन्नुभएको थियो । ४६८२ मत खसेकोमा थापाले ३०२३ मत र शर्माले १९८४ मत प्राप्त गर्नुभएको छ ।
शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिनुभएको थियो । देउवा दोस्रो चरणबाट सभापतिमा चुनिदा महत र पौडेल दुबै महामन्त्रीमा पराजित हुनुभयो । महतले १५५६ र पौडेलले १३९३ मत प्राप्त गर्नुभएको छ ।
शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका मिनेन्द्र रिजालले ८०९ मात्र मत पाउनु भएको छ । प्रारम्भीक मत परिणामसंगै आफ्नो हार स्वीकार गरेका उहाँले रक्षामन्त्रीबाट समेत राजीनामा दिनुभएको छ ।
विमलेन्द्र निधिको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका राजाराम कार्कीले १०६ मत पाउनुभएको छ ।