‘प्रधानमन्त्रीले हाम्रो अध्यक्षसँग वार्ता गर्नुपर्छ, बाटोमा जन्माइएका समूह भेला पार्ने सर्वदलीय बैठकको अर्थ छैन’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले राष्ट्रिय विषय र संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग पहिले वार्ता गर्नुपर्ने बताएका छन् ।

गृहजिल्ला इलाममा रहेका उपनेता नेम्वाङले नेपाल प्रेससँग कुरा गर्दै बाटो बाटोमै जन्माइएका राजनीतिक दल नामका समूह भेला पारेर गरिने सर्वदलीय बैठकमा एमाले सहभागी हुन नसक्ने समेत बताए ।

नेम्वाङले भने, ‘प्रधानमन्त्रीज्यू यति गम्भीर हुनुहुन्छ भने उहाँले हाम्रो अध्यक्षसँग कुरा गर्नुपर्छ । एमसीसी हुन् कि अरु विषय हुन् सर्वदलीय बैठक भनेर एमालेलाई बोलाउँदैमा जाने हुँदैन । पहिले प्रधानमन्त्रीले विपक्षी दलको नेतासँग छलफल गर्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’

नेम्वाङले सर्वदलीय बैठकमा बोलाएको भनेर औपचारिकता पूरा गर्नमात्र अहिलेका गतिविधि भइरहेको भन्दै यसमा एमाले सहभागी नहुने बताए । प्रधानमन्त्री अहिलेको गतिरोध अन्त्यका लागि इच्छुक नै नदेखिएको उनको भनाइ छ

You can share this post!

धौलागिरिमै पहिलोपटक प्रथम धौलागिरि चलचित्र महोत्सव हुने

प्रकृतिको पूजा गरी उधौली पर्व मनाइँदै

Related posts