हिउँले ढाक्यो काफलडाँडाको करवाकेलीः (फोटो फिचर)

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडा स्थित करवाकेली थान लाई हिउँले छपक्कै ढाकेको छ । थान र पुन संग्राहालय परिसरमा सेताम्मे हिउँले ढाकेपछि सुन्दर देखिएको छ ।

करवाकेली मन्दिरको छानो पुरै हिउँले छोपेको छ । अगाडिका पेटिहरुमा पनि हिउँ भरिएर टलक्कै टल्किदा साँच्चिकै हिमाल पुगेजस्तै अनुभूति भएको स्थानीले बताएका छन । बुधबार त्यस क्षेत्रमा भारी हिमपात भएको थियो । करिव १४ इन्च सम्म हिउँ परेको स्थानीय रवि गवुर्जा पुनले जानकारी दिनुभएको छ ।

बिहिबार दिउँसो देखि मौसम खुलेपछि त्यस क्षेत्रमा हिउँमा खेल्दै सुन्दर दृश्य अवलोकन गर्दै स्थानीयहरु रमाइरहेका छन । हिउँमा टेकेर, हिउँ खेल्दै आकासमा केहि बादल अनि त्यहि बादल छिचोलेर देखिने धौलागिरी, अन्नपूर्ण लगाएतका हिमश्रृखलाको दृश्यहरुले थप मन लोभ्याएको पुनले बताउनुभयो ।

यस बर्षको हिउँद यामको पहिलो हिउँ भएकाले अत्यधिक चिसो भएपनि बच्चादेखि युवायुवतिहरु हिउँ खेल्दै रमाइरहेका छन ।
तस्विरः रवि गवुर्जा पुन

You can share this post!

नेपाली भलिबल टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत

गुर्जामा हिमपहिरोमा पुरिएर एकजना बेपत्ताः तीनजना अलपत्र

Related posts