म्याग्दी । म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघको अध्यक्षमा बाबुराम आचार्य चयन हुनुभएको छ । शनिबार बेनिमा सम्पन्न संघको दशौँ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन बाट आचार्य सर्वसम्मत रुपमा पुनस् अध्यक्षमा चयन हुनुभएको हो ।
नब निर्वाचित कार्यसमिति को उपाध्यक्षमा सरोज थापा, सचिवमा सागर बरुवाल, कोषाध्यक्षमा राजन लामा, सहसचिवमा अमृत सापकोटा, सहकोषाध्यक्षमा ललिन्द्र थापा मगर चयन हुनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा कुमार केसि, मना तुलाचन, रुपदेवी घर्ति, ईश्वर भण्डारी, बालकृष्ण जुग्जाली, नौमती पुर्जा र तेज कुमारी पुन रहनु भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले जिल्लामा पर्यटन प्रबर्द्दनका लागी होटल ब्यबसायी हरुको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कुबिर कुमार श्रेष्ठ, गण्डकी प्रदेश समिति सदस्य उत्तम कर्माचार्य, प्रहरी नायव उपरिक्षक श्याम कुमार राई, पुस्तक ब्यबसायी संघका अध्यक्ष नारायण पौडेल लगाएतले बोल्नु भएको थियो । संघले २०७६ सालमा रुप्से झरनामा आएको पहिरोबाट पिडिट होटल ब्यबसायी सुवर्ण केसिलाई रु १५ हजार सहयोग गरेको अध्यक्ष आचार्यले बताउनु भयो । साधारण सभाले सचिव सरोज थापाले प्रस्तुत गरेको प्रगति र कोषाध्यक्ष सागर बरुवालले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन पारित गरेको छ ।