म्याग्दीको रघुगंगा गाउँपालिकामा विभिन्न स्थानका १५ जना नेपाली काँग्रेस सहित विभिन्न पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका छन् । नेपाली काँग्रेसको बहुमत सहितको स्थानिय सरकार रहेको रघुगंगामा ज्यादति र भष्ट्रचारले सिमा नागेको, प्रजातान्त्रिक पार्टी भन्ने तर जनताहरुमा तानासाह लादेको आरोप लगाउँदै उनीहरु नेकपा प्रवेश गरेका हुन् ।
बैठकमा नेकपा निकट कार्याकर्ताहरु रघुगंगाको वडा कार्यालय देखि गाउँपालिकामा सिफारीस लिन जाँदा समेत काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जनप्रतिनिधि भए पनि फरक पार्टीको भन्दै सिफारीस दिन समेत आनाकारी गर्ने, दुख दिने, घुमाउरो पारमा काँग्रेस पार्टी सदसय लिनका लागि दभाव दिने, जनप्रतिनिधिकै मिलेमतोमा कोठे उपभोक्ता समिती गठनगरी गैह्रकानुनी हिसाबले बिकाश निमार्णको नाममा छुट्टीएको बजेटको दुरुपयोग गर्ने गरेको गरेको सहभागीहरुले बताएका छन् ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापाले विगतका बर्षहरुमा रघुगंगामा संघ प्रदेश बाट जनताको माग भइ आएको एक ठाउँको योजना ब्यक्तिगत स्वार्थ र लोभका कारणले अर्काे ठाउँमा वडा अध्यक्षको मिलेमतोमा काम गरेको बताउँदै योजनाहरुको जनस्तर बाट पनि अनुगमन गरेर माथिल्लो निकाएमा जानाकारी दिन आग्रह गर्नु भयो । नेकपा नेता हरिकृष्ण श्रेष्ठले गाउँ कमिटीले काम गर्नका लागि जिल्ला कमिटीको निर्देशन मात्रै नकुरी पार्टी हितको काम गर्न, पार्टी बलियो बनाउन स्थानिय नेताहरुले तोकिएको जिम्मेवारी पुरा गर्नु पर्ने बताउनु भयो । त्यसैगरी नेताद्धय देबेन्द्र बहादुर कटुवाल तथा वालकृष्ण सुबेदीले जनतामा सरकारले गरेका राम्रा कामको बारेमा जानाकारी प्रदान गर्नु भकएको थियो । बैठकमा नेकपा नेता तथा रघुगंगा २ भगवतीका वडा अध्यक्ष रिमबहादुर कटुवालले गाउँपालिको योजना, पालिका सञ्चालनका बारेमा जानाकारी गराउनु भएको थियो ।
नेकपा रघुगंगा कमिटी का अध्यक्ष प्रेमबहादुर कार्कीले सहभागीहरुको कुरालाई सम्बोधन गर्दै राणा साशन २००७ सालमा नै अन्त्य भए पनि काँग्रेसले रघुगंगामा राणा शासनको झल्को दिने गरी काम गरेको बताउँदै त्यसको जनताले आवाज उठाउने, जनताहरुमा तानासाह लादेको ठाउँमा बिद्रोह्र गरेर अगाडि बढ्नु पर्ने बताउनु भएको थियो ।
नवप्रवेशीहरुलाइ प्रतिनिधि सभा सदस्य समेत रहनुभएका नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापा, जिल्ला सचिब हरिकृष्ण श्रेष्ठ, गण्डकी प्रदेश कमिटीका कार्यालय सदस्य नवराज शर्मा, जिल्ला कार्यालय सदस्यहरु देवेन्द्रबहादुर केसी, सुविन जुग्जाली, बालकृष्ण सुवेदी, प्रदेश कमिटी सदस्य मुना बानियाँ लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो । बैठकले संगठन विस्तार तथा सदस्यता नविकरण तथा नविकरण सहितको कार्यायोजना पारित गरेको छ ।