अशक्त महिलालाइ घरमै पुगेर सहयोग हस्तान्तरण

हिमाली जिल्ला म्याग्दीका दुई जना महिलाहरुलाइ घरमै पुगेर आर्थिक सहयोग गरिएको छ । जिल्लाको बेनी नगरपालिका वडा नं १ अर्जम र वडा नं २ ज्यामरुककोटकी एकएक जना महिलालाइ आर्थिक सहयोग गरिएको हो । युएनडीपी अन्तरगतको प्रयास परियोजना मार्फत दुई जना महिलालाइ आर्थिक सहयोग गरिएको हो ।

बेनी नगरपालिका, गैरसरकारी संस्था संगम म्याग्दी र राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाको समन्वयमा आइतबार बेनी नगरपालिका–१ की शारिरीक रुपमा अशक्त २४ वर्षिय सोविता परियार र बेनी नगरपालिका–२, की पार्वती बिश्वकर्मालाई उनीहरुकै घरमा पुगेर १३ हजार २ सय रुपियाँका दरले नगद रकम हस्तान्तरण गरिएको हो । बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले दुवै जनालाइ रकम हस्तान्तरण गरेकी थिइन् ।

रकम हस्तान्तरण गर्दै उपमेयर बरुवालले अशक्त र अति विपन्न महिलालाई आय आर्जनमा सघाउ पु¥याउने उद्देश्यले गरिएको सहयोगको प्रशंसा गरेकी थिइन् । नगरपालिकाले पनि महिला शसक्तिकरण अन्तर्गत आवश्यक सहयोगका कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो । प्रयास परियोजनाले बेनी नगरपालिकाभित्रका १०० जना शारीरिक रुपमा अशक्त अति बिपन्न महिलालाई आर्थिक सहयोग उपलब्ध गराउने कार्यक्रम अनुसार सो रकम प्रदान गरिएको परियोजनाका कार्यक्रम संयोजक श्रीमन चोखालले बताए ।

कार्यक्रममा बेनी नगरपालिका वडा नं–२, का अध्यक्ष हिराबहादुर थापा, राष्ट्रिय बाणिज्य बैँक लिं का प्रवन्धक नवराज ढुङ्गाना, गैसस महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल, प्रयास परियोजनाका सहजकर्ता बुद्धिमाया बिश्वकर्मा, संगम म्याग्दीका कार्य समिति सदस्य पविता पुन, संगम म्याग्दीका शिक्षा बिकास अधिकृत चन्द्रप्रकाश बुढा मगर, बेनी नगरपालिका वडा न.१ सदस्य ताराप्रसाद थापा मगर  बालबिबाह न्युनिकरण परियोजनाका कार्यक्रम स‌ंयोजक खिमा पुर्जा, प्रयास परियोजनाका प्रशासन तथा बित्त अधिकृत सुमित्रा खत्री क्षेत्री, लगायतको उपस्थिति  रहेको थियो ।

You can share this post!

आगलागी पीडितलाई गंगा जिसी फाउन्डेसनद्वारा राहत सामग्री प्रदान

आगलागी पीडितलाई पुनम स्मृति कोषद्वारा राहत सामग्री प्रदान

Related posts