युवा संघ बेनपा १० को अध्यक्षमा साजन रोका चयन

म्याग्दी । राष्ट्रिय युवा संघ नेपाल बेनी नगरपालिका वडा नं १० पात्लेखेतको अध्यक्षमा साजन रोका चयन हुनुभएको छ । त्यस्तै युथ फोर्स बेनपा १० को अध्यक्षमा टार्जन पाइजा मगर चयन हुनुभएको छ ।

शनिबार पात्लेखेतमा आयोजित नेकपा एमाले टोल भेलाबाट युवा संघ र युथ फोर्सको कमिटि गठन भएको हो । भेलाबाट रोकाको अध्यक्षतामा ४० सदस्यीय राष्ट्रिय युवा संघ र पाइजाको अध्यक्षतामा ३५ सदस्यीय युथ फोर्स वडा कमिटि गठन गरिएको नेकपा एमाले बेनपा १० वडा कमिटि अध्यक्ष कृष्ण मल्लले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले बेनी नगर कमिटि अध्यक्ष एवं राष्ट्रिय युवा नेपालका पुर्व केन्द्रिय सदस्य नारायण जिसीले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष जिसीले बेनपाको १० नम्वर वडामा एमालेको लहर छाएकोले अवको स्थानीय तहको निर्वाचनमा यस वडामा एमालेको जित हुने बताउनुभयो । जिसीले गाउँ बिकासमा युवा शक्तिको भूमिका महत्वपूर्ण हुने हुँदा गाउँबासीको हरेक दुख सुखमा साथी बनेर साथ दिन युवा संघ तथा युथ फोर्सलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ बेनपा १० का नव निर्वाचित अध्यक्ष रोकाले पात्लेखेतमा रचनात्मक काम गरेर स्थानीय जनताहरुमाझ युवा संघलाई लोकप्रीय बनाउने प्रतिवद्धता जनाउनुभयो ।

You can share this post!

महिला भलिबल टोलीलाई सरकारको सम्मान

बेनपा १० मा नेकपा एमालेको टोल भेला सम्पन्न

Related posts